हङकङबासीद्वारा हङकङ दरबार सङ्ग्रहालयको प्रशंसा
2022-07-11 15:14:39cri
Share with:

हङकङ मातृभूमिमा समाहित भएको २५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा हङकङ दरबार सङ्ग्रहालय जुलाई ३ तारिख औपचारिक रुपमा सर्वसाधारणका लागि खुला गरिएको छ। साथै हङकङ दरबार सङ्ग्रहालयले चीनको दरबार सङ्ग्रहालयबाट ९ सय भन्दा बढी मूल्यवान पूरातात्विक वस्तुहरू प्रदर्शनकालागि लिएका छन् जुन अहिले प्रदर्शनमा छन्।

 

सिंह नृत्य समारोहपछि हङकङ दरबार सङ्ग्रहालय जुलाई ३ तारिख बिहान ९ बजे औपचारिक रुपमा सर्वसाधारणका लागि खुला गरिने छ। धेरै हङकङबासीहरु ९ बजेअघि नै सङ्ग्रहालय परिसर बाहिर पर्खिरहेका छन्। यस पटक हङकङ दरबार सङ्ग्रहालयले चीनको दरबार सङ्ग्रहालयबाट ल्याइएका ९ सय भन्दा बढी मूल्यवान पूरातात्विक वस्तुको प्रदर्शन गरेको छ, जहाँ १६६ वटा राष्ट्रिय पहिलो स्तरीय पूरातात्विक वस्तुहरु हुन्। तिनीहरुले दर्शकहरुलाई चीनको प्राचीनकालको इतिहास र उज्यालो संस्कृतिको बयान र वर्णन गरेका छन्। हङकङ दरबार सङ्ग्रहालयको व्यवस्थापन कार्यालयका उप-प्रमुख ली चो फन जानकारी दिँदै भन्नुहुन्छ,

मातृभूमिको माया-ममतामा हामीले पाँच वर्षभन्दा छोटो अवधिमा हङकङ दरबार सङ्ग्रहालयको निर्माण गरेका छौँ। पैचिङको दरबार सङ्ग्रहालयबाट ९०० वटा भन्दा बढी मूल्यवान पूरातात्विक वस्तुहरु ल्याइएको छ। जसबाट हाम्रा हङकङबासीहरुले चीनको संस्कृति र कलाको आकर्षणबारे जानकारी लिने सुअवसर पाएका छन्। हङकङबासीहरुप्रति चीनले देखाएको मायाप्रति हामी कृतज्ञता ज्ञापन गर्छौँ।

 

हङकङ दरबार सङ्ग्रहालयको अवलोकन गर्न आएका हङकङबासी चाङ रो चिङ भन्छन्,

मैले चाँडै दर्ता गरेँ, त्यसैले यहाँको टिकट पाएँ। आजको यो अवलोकन मलाई निकै रमाइलो लागेको छ। यहाँ चीनको प्राचीनकालको दरबारीया सङ्गीतलाई आधुनिक माइकबाट प्रस्तुत गरिएको तरिकाले मलाई आश्चर्यचकित बनाएको छ। आगामी केही दिनमा म फेरि पनि आउने छु।

 

हङकङका धेरै दर्शकहरु यस्तो तरिकाबाट चीनको इतिहासबारे जाकारी लिनु निकै राम्रो रहेको बताउँछन्,

मलाई एकदम राम्रो लागेको छ। किनभने म पूरातात्विक वस्तुको अवलोकन गर्न मन पराउँछु। चीनको भित्री प्रदेश र हङकङको इतिहासबारे जानकारी पाउँदा धेरै रमाइलो लागेको छ। साथै मैले पैचिङ दरबार सङ्ग्रहालयको समेत अवलोकन गर्नपाएको महसुस भएको छ ।

 

यो प्रदर्शन निकै भव्य र रमाइलो छ। हङकङसँग पनि यस्तो सङ्ग्रहालय हुनु गर्वको कुरा हो। मैले पैचिङ र थाइवानको दरबार सङ्ग्रहालयको अवलोकन गरेको थिएँ। आज मैले खुसीका साथ अवलोकन गरेको छु।

 

पैचिङ दरबार सङ्ग्रहालयका पूरातात्विक वस्तुहरुबाहेक, हङकङ दरबार सङ्ग्रहालयले फ्रान्सको द लूफ सङ्ग्रहालय लगायत विश्वका प्रसिद्ध सङ्ग्रहालयका पूरातात्विक वस्तुहरुको प्रदर्शन गरी चिनियाँ र विदेशी संस्कृति बीचको आदान-प्रदानलाई अघि बढाएको छ। हङकङ दरबार सङ्ग्रहालयको व्यवस्थापन कार्यालयका उप-प्रमुख ली चो फन जानकारी दिँदै भन्नुहुन्छ,

यहाँ पैचिङ दरबार सङ्ग्रहालयका पूरातात्विक वस्तुहरुको प्रदर्शन गरिनुका साथै फ्रान्सको द लूफ सङ्ग्रहालय लगायत विश्वका अरु सङ्ग्रहालयका पूरातात्विक वस्तुहरुको प्रदर्शन गरिएको छ। हामीले चीन र विदेशका मूल्यवान पूरातात्विक वस्तुहरुसँगै राखेर आपसी संस्कृतिको आदान-प्रदान गर्नसक्छौँ।

 

अहिलेसम्म हङकङ दरबार सङ्ग्रहालयका करिब एक लाख टिकट विक्री भइसकेका छन्।