सीपीसीका विदेश विभाग प्रमुख लिउद्वार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता
2022-07-12 16:18:47cri
Share with:

नेपाल भ्रमणमा रहनु भएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ च्यानछाओले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नु भएको छ। मंगलबार भक्तपुरस्थित बालकोटस्थित अध्यक्ष ओलीको निवासमा भेटवार्ता भएको कान्तिपुर अनलाइनले लेखेको छ।

भेटमा दुई पक्षीय कुराकानी भएको छ। सीपीसी र नेकपा एमालेबीचको सम्बन्ध तथा नेपाल र चीनबीचको सम्बन्धमा दुवै नेताले कुराकानी गर्नु भएको छ।

नेता लिउले मंगलबार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम रहेको छ। नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नु भएको हो। उक्त भेटमा एमाले नेताहरू राजन भट्टराई, बिष्णु रिमाल, प्रदीप ज्ञवाली लगायत नेताहरु सहभागी हुनुहुन्थ्यो। आइतबार काठमाडौं पुग्नु भएका लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गरिसक्नु भएको छ।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनालसँगपनि भेट्ने कार्यक्रम छ।