#अल्पसंख्यक जाति# तिब्बती सिमाना क्षेत्रमा अवस्थित सुन्दर गाउँको निर्माण
2022-07-12 10:29:22cri
Share with:

 

हिमालय पर्वत २४०० किलोमिटरसम्म फैलिएको छ। तर पहाडले त्यहाँ बस्ने सर्वसाधारणलाई पनि अड्काएको छ। तिब्बती सिगात्से शहरीय तिङरी जिल्ला रूङस्या बस्ती हिमालयको दक्षिणी फेदमा पर्दछ। तिब्बती भाषामा रूङस्याको अर्थ गहिरो सुरुङ हो। त्यो नेपालसँग जोडिएको छ। पहिला यातायातको असुविधा भएका हुनाले तिङरी जिल्लाका अधिकाँश मान्छेले रूङस्या बस्तीको नाम सुनेका थिएनन्। बस्तीका बासिन्दाहरू पनि ढुङ्गाबाट बनाइएको पुरानो आबासमा बस्थे। घरमा उज्यालो र न्यानो दुवैको अभाव थियो।

 

रूङस्या बस्तीअन्तर्गत छनथाङ नामक गाउँ छ। गाउँलेको जानकारीखनुसार, २० वर्षअघि तिङरी जिल्लाबाट उक्त गाउँ पुग्दा हिंडेर पनि केही दिन लाग्थ्यो। हाल सिमेन्टद्वारा बनाइएको सडक गाउँमा हरेक घर-आवाससम्म निर्माण गरिएको छ। जिल्लाबाट गाडीद्वारा लगभग तीन घण्टा मात्रै चाहिन्छ।

सन् २०१५ अप्रिल नेपालमा गएको भयंकर भूकम्पबाट प्रभावमा रूङस्या जिल्ला गम्भीर प्रकोपग्रस्त क्षेत्र बन्यो। त्यसपछि तिब्बत स्वायत्त प्रदेशले छनथाङ गाउँको प्रकोपपछि पुनर्निर्माण र सिमानामा अवस्थित सम्पन्न गाउँको निर्माण सुरू गरेको छ। ७ वर्ष बितेर गाउँको अवस्था ज्यादै सुधारियो। सडक सञ्चालित भयो, सेल फोन संकेत र ब्रॉडब्यान्ड नेटवर्क पनि सञ्चालित भयो। छनथाङ गाउँका प्रमुख तावा ट्रासीको जानकारीअनुसार, केही वर्षयता झन् झन् बढी पर्यटकहरूले गाडी चलाएर गाउँमा घुम्नआएका छन्। स्थानीय गाउँलेहरूले एउटा होमस्टे र ५/६मीठो चिया घरको सञ्चालन गरेर पर्यटनबाट पैसा कमाएका छन्।

 

छनथाङ गाउँको गाउँले छले ल्हासाको एउटा कफी पसलमा ९ वर्ष काम गरेका थिए। गत वर्ष उनले जन्मथलो फर्केर एउटा तिब्बती रेस्टुरेन्टको स्थापना गरे। तिब्बती रेस्टुरेन्टमा तिब्बती खाना, सछ्वान खाना र नेपाली खाना विक्री गर्छन्।  

 

“हाल सिमानाको निर्माण झन् झन् सुन्दर बन्दै छ। यहाँ पर्यटन गर्न आएका पर्यटक पनि बढ्दैछन्।” छलेले प्रत्यक महिना रेस्टुरेन्टको आम्दानी १० हजार युआन पुगेको चर्चा गरेका छन्।

 

हिमालयसँग पूर्वतिर तिब्बती शाननान शहरीय लोचा जिल्ला लाच्याउ बस्तीमा चेलोपु नामक गाउँ छ। त्यहाँ जल, विजुली, सडक, सञ्चार र नेटवर्क सबै सञ्चालित छन्। गाउँलेहरूले फराकिलो, उज्यालो र न्यानो आवासमा बस्नुका साथै ग्रीन हाउसमा विविध तरिका पनि छन्।

साथै शाननान शहरीय लुङच जिल्ला चारी बस्तीले पनि सम्पन्न गाउँको निर्माण गर्न पनि प्रयासमा रहेको छ। त्यहाँ पहाडमा बाँस उत्पादित भएका हुनाले स्थानीय सरकारले गाउँलेहरूलाई बाँस प्रशोधन गर्न प्रोत्साहन गरेको छ। बासिन्दाले बाँसको टोकरी बनाएर क्रमशः धनी बन्दैछन्।

 

सन् २०२१सम्म तिब्बतका ६२४ सिमाना गाउँ सबैले सम्पन्न गाउँको निर्माण पूरा गरेका छन्। सिमाना क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूको जीवन झन् झन् राम्रो बन्दैछ।