बाइडेनद्वारा मध्य पूर्वी क्षेत्रको भ्रमणको उद्देश्य चीनको विरोध
2022-07-12 19:21:46cri
Share with:

अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनले यही साता इजरायल, प्यालेस्टाइनको पश्चिमी क्षेत्र र साउदी अरेबियाको भ्रमण गर्नुहुने छ। बाइडेन राष्ट्रपति भएपछि पहिलो पटक माध्य पूर्वी क्षेत्रको भ्रमणमा निस्कन लाग्नु भएको हो। बाइडेनले सार्वजनिक गर्नुभएको लेखका अनुसार उक्त भ्रमण अमेरिकाको सुरक्षाका लागि धेरै महत्वपूर्ण छ। साथै “चीनसँगको प्रतिस्पर्धामा सफल हुनुपर्ने” बिषय पनि बाइडेनले जोड दिँदै लेख्नु भएको छ।

अमेरिकी मिडिया कम्पनी सीएनएनका अनुसार रूस र युक्रेनबीचको लडाइले विश्वमा पेट्रोलियम पदार्थको बजार धेरै प्रभावित भएकाले अमेरिकी राष्ट्रपति मध्य पूर्वी क्षेत्रमा भ्रमण गर्नुहुने छ। यदि यस्तो अवस्था नभएको भए उहाँले मध्यपूर्वी क्षेत्रको भ्रमण गर्नु हुने थिएन। हाल पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको र मुद्रास्फीति गम्भिर बन्दैआएको साथै अमेरिकीहरूद्वारा आर्थिक मन्दीलाई अस्वीकार गर्ने अवस्थाबाट उब्जिउको चिन्ताले बाइडेनले आउने निर्वाचनमा धेरै दबाव भोग्नुपर्ने देखिन्छ। पेट्रोलियम बजारलाई स्थिर बनाउन र उक्त समस्याको समाधान गर्न साउदी अरेबिया निकै महत्वपूर्ण क्षेत्र हो।

हाल अमेरिकाको आन्तरिक राजनीति विकृति भएकाले “चीन विरोधी” उद्देश्य अमेरिकी “कथित राजनीति” मानिन्छ र राष्ट्रपति बाइडेनको लेखमा चीनसँगको प्रतिस्पर्धा बारे पनि लेखिएको छ। अमेरिकी राजनितीज्ञहरूले सो भ्रमणबाट ध्यान हटाउने तथा साउदी अरेबियाको भ्रमणको खास उद्देश्य पनि लुकाउन खोजेको देखिन्छ।