चीनद्वारा छिङहाई-तिब्बत पठारभूमिको हिमनदीको संरक्षण
2022-07-13 10:17:50CRI
Share with:

चीनको छिङहा-तिब्बत पठारभूमि विश्वको सबैभन्दा ठूलो तथा सबैभन्दा अग्लो पठारभूमि हो। पानीको मुहान, हिमनदी र असङ्ख्य तालहरू पाइने छिङहा-तिब्बत पठारभूमि प्राकृतिक पानीको स्रोत हो। प्राकृतिक पानीको टावर मानिने यस पठारभूमिले एशियाली भूभागमा विभिन्न ताल र नदीला जन्म दिएको छ।

 

चीनको विज्ञान प्रतिष्ठानका प्राध्यापक याउ थानतुङले जानकारी दिनुभएअनुसार, विश्वसमक्ष मानवजातिको इतिहासमा नदेखिएको ग्लोबल वार्मिङ हाल देखिएको छ, छिङहाइ-तिब्बत पठारभूमि क्षेत्रको तापक्रम बढ्ने दर विश्वको औसत स्तरभन्दा दोब्बर छ। धेरैजसो हिमनदी घट्दैछ र ताल बढ्दैछ, एशियाली पानी टावरमा देखिएको असन्तुलनको प्रभाव चर्कँदैएको छ, हामीले संरक्षण गर्नुपर्छ।

 

हिमनदी पग्लिने जोखिममाथि चीन सरकारले ध्यान दिइरहेको छ साथै विभिन्न प्रयास जारी छ। छिङहाई-तिब्बत पठारभूमि परिस्थिति संरक्षण ऐन बनाउन प्रबर्द्धन, हिमनदी संरक्षण क्षेत्रको स्थापना, हिमनदी पर्यटनमा सिमितता आदि कार्यहरू बढाइएको छ। चीनले संरक्षणलाई प्राथमिकता राखेर एकीकरण संरक्षण र प्रणालीगत व्यवस्थापनमा अडिग रहेर छिङहाई-तिब्बत पठारभूमिको संरक्षण गर्दैआएको छ।