दबावमा चीनको वैदेशिक व्यापारको बलियो शक्ति पुष्टि
2022-07-14 17:31:44cri
Share with:

जुलाई १३ तारिख चीनको भन्सार विभागले यस वर्षको पूर्वार्द्धमा चीनको वैदेशिक व्यापारको समग्र तथ्याङ्क सार्वजनिक गरेको छ। सो समग्र तथ्याङ्क अनुसार देशी विदेशी व्यापारिक संस्थाले पहिला सोचेको सम्भावनाभन्दा धेरै राम्रो उपलब्धि देखिन्छ।

चीनको वैदेशिक व्यापार दबावको परीक्षणमा सफल भएकाले विश्वलाई चीन आवश्यक छ भन्ने कुरा पुष्टि भएको छ। चीनको निर्यात मात्रा स्थिर हुँदैआएको देखिन्छ र यसले “चिनियाँ उत्पादन”को प्रतिस्थापन कहिल्यै हुन नसक्ने कुरालाई प्रमाणित गरिदिएको छ।

साथै चीनमा अर्थतन्त्रको आवश्यक पुनरूत्थानले वैदेशिक व्यापारलाई धेरै समर्थन दिएको छ। चीन सरकारले महामारीको प्रभावकारी नियन्त्रण तथा आर्थिक उच्च गतिको विकासका लागि व्यावहारिक उपाय लागू गर्दै आएको छ। आर्थिक परिस्थिति राम्रोसँग पुनरूत्थान भएर चिनियाँ आन्तरिक उत्पादनको आवश्यकता बढ्दै आएको देखिन्छ।  

बजारको आवश्यकता तथा आपूर्ति दुवै पक्षले साथसाथै प्रयास गर्नुका साथै चीन सरकारले वैदेशिक व्यापारका लागि धेरै सहयोगी उपायहरू लागू गरिरहेको छ। यसैले चीन विश्वको औद्योगिक तथा आपूर्तिका लागि महत्वपूर्ण भूमिकामा रहेको देखिन्छ।