सिन्च्याङमा जबर्जस्ती श्रम मौजुद रहेको आरोप लगाउने बेलायती व्यक्ति आफैँ आतंककारी संगठनसँग सम्बन्धित
2022-07-14 18:47:34cri
Share with:

 

चालु वर्षको जुन महिनामा बेलायती शेल्फिल्ड हालेम विश्वविद्यालय अन्तर्गत हेलेना केन्नेडी केन्द्रले एउटा प्रतिवेदन जारी गर्दै सिन्च्याङको पीभीसी कारखानामा जबरजस्ती श्रम मौजुद रहेको भनी चीनमाथि लान्छना लगाएको छ। सो विश्वविद्यालयले बितेका २ वर्षयता यस प्रकारको सिन्च्याङ सम्बन्धी रिपोर्ट निकालेको यो चौथो पटक हो। सिन्च्याङका कपास, फोटोभोल्टिक व्यवसाय र पीभीसी लगायत सिन्च्याङका उत्कृष्ट व्यवसायहरूमाथि पूराका पूरै उनीहरूको प्रतिवेदनद्वारा आक्रमण गरिएको छ।

चाइना डेलीको छी दी कार्यालयले विविध तरिकामार्फत छानबिन गर्नुका साथै सिन्च्याङमै गएर निरीक्षण र भ्रमण गरेपछि के पत्ता लगाएको छ भने उक्त प्रतिवेदन पछाडि संगठन र निर्देशन रहेको सिन्च्याङ सम्बन्धी झुट निकालिने समूह नै मौजुद रहेको छ। वास्तवमा उक्त समूह आतंकवादी संगठनसँग घनिष्ट सम्बन्धित रहेको छ।