विदेशी सैनिक कुमा संलग्न भएका अमेरिकी राजनीतिज्ञलाई कानुनी दण्ड दिइनुपर्ने !
2022-07-14 20:04:55cri
Share with:

पहिले अमेरिकी ट्रम्प सरकारको राष्ट्रिय सुरक्षा मामिला सम्बन्धी सहायक पदाधिकारी रहनुभएका जोहन रोबर्ट बोल्टनले जुलाई १२ तारिख अमेरिकी सञ्चार माध्यमलाई अन्तर्वार्ता दिने क्रममा आफूले अन्य मुलुकको सैनिक कु बनाउन मद्दत गरेको कुरालाई स्वीकार गर्नुभएको छ। उहाँले खास के के सैनिक कुमा संलग्न भएको स्पष्ट नपारे तापनि सन् २०१९ मा भेनेजुएलामा सफल हुन नसकेको सैनिक कुबारे चर्चा गर्नुभएको छ।

उहाँको उक्त भनाइबाट अन्तर्राष्ट्रिय समाजमा निकै ठूलो प्रतिकृया आएको देखिन्छ। उहाँको भनाइबाट विशेषत: अमेरिकाको कालो हातको दु:ख भोगेका मुलुक र क्षेत्रलाई निकै चोट पुगेको छ। बोलिभियाका पूर्व राष्ट्रपति एभो मोरालेसले १३ तारिख आफ्नो सार्वजनिक आदान प्रदान चौतारोमार्फत बोल्टनको निन्दा गर्दै उहाँको भनाइबाट अमेरिका प्रजातन्त्रको सबभन्दा ठूलो शत्रु हो भन्ने प्रतिबिम्बित गरिएको जनाउनुभएको छ।

वास्तवमा लामो समययता अमेरिकाले “विश्व प्रहरी”को अभिनय गर्दै अरू देशमा सैनिक कु मच्चाउन खोज्दै आएको छ। त्यो गोप्य कुरा होइन। बोल्टनको उक्त भनाइबाट अमेरिकी राजनीतिज्ञहरूको गहिरो प्रभुत्ववादी विचारधारा स्पष्टसँग प्रष्ट गरिएको छ। अरू देशका जनताको रगत टाँसिएका ती अमेरिकी राजनीतिज्ञहरूले अवश्य नै संयुक्त राष्ट्र संघका सम्बद्ध संस्थाको छानबीन र सर्वेक्षणलाई स्वीकार गर्नुपर्छ। साथै ती राजनीतिज्ञहरूलाई कानुन बमोजिम दण्ड सजाय दिइनुपर्छ।