सातौँ ग्लोबल थिङ्क ट्याङ्क शिखर सम्मेलन
2022-07-14 09:59:59cri
Share with:

 

   “हातमा हात मिलाएर विश्व चुनौतीको सामना गर्दै सहयोगले विश्वको विकासलाई प्रबर्द्धन गरौँ” भन्ने मुख्य नारासहित सातौँ ग्लोबल थिङ्क ट्याङ्क शिखर सम्मेलन हालै पैचिङमा आयोजना भएको छ। यस सम्मेलनमा भाग लिएका चिनियाँ तथा विदेशी विज्ञहरुले विश्व विकासको महत्त्वपूर्ण अवधिमा बहुपक्षीय विकास सहयोग प्रगतिलाई प्रबर्द्धन गर्दै संयुक्त राष्ट्र सँघ सन् २०३० दिगो विकास एजेन्डालाई पूरा गर्न जोड दिएका छन्। 

 

     हाल संसारमा देखापरेको ठूलो परिवर्तन र महामारी अवस्थाले विश्व अर्थतन्त्र र विश्व विकासका लागि गम्भीर चुनौती ल्याएको छ। त्यसैले थप सहमति निर्माण गर्न, विश्वव्यापी विकासको सामान्य प्रवृत्तिलाई आत्मसात गर्न र विश्व शान्तिलाई कायम राख्न आवश्यक छ। आर्थिक भूमण्डलीकरणको स्वस्थ विकासलाई प्रबर्द्धन गर्न, समष्टिगत आर्थिक नीति समन्वयलाई सुदृढ गर्न, विश्वव्यापी औद्योगिक श्रृंखला र आपूर्ति श्रृंखलाको स्थिरतालाई कायम राख्नुपर्छ।

 

यसप्रति चीनको अन्तर्राष्ट्रिय आर्थिक आदानप्रदान केन्द्रका उपमहाप्रबन्धक पि चिङ छ्वानका अनुसार आर्थिक भूमण्डलीकरणका लागि कम बाधा, बढी सहयोग र अझ न्यायपूर्ण व्यापार तथा लगानी वातावरण चाहिन्छ। विश्वका सबैभन्दा ठूला दुईटा आर्थिक समूहको रुपमा चीन र अमेरिकाबीचको सहयोग नै विश्वव्यापी समस्याका चुनौतीको सामना गर्न र विश्व अर्थतन्त्रको स्थिरता र विकासका लागि महत्त्वपूर्ण छ।

 

उपमहाप्रबन्धक पि चिङ छ्वानकले यी दुवै मुलुकले विभिन्न क्षेत्रमा आदानप्रदान र सम्पर्कलाई मजबुत बनाउँदै विश्व आपूर्ति श्रृँखलाको सुरक्षाको संयुक्त सँरक्षण गर्नसक्ने आशा लिएको उल्लेख गर्नुभयो।

  

विदेशी अथिति तथा विज्ञका अनुसार विश्व आर्थिक परिस्थिति दिनप्रति दिन गम्भीर बन्दै गएको पृष्ठभूमिमा विश्वका विभिन्न मुलुकले सक्रिय रुपमा अन्तर्राष्ट्रिय सहयोग बढाउनसक्छ। महामारीको संयुक्त प्रतिरोध गर्दै सार्वजनिक स्वास्थ्य सहयोग गराउनसक्छ। बौद्धिक सम्पत्ति अधिकारको संरक्षणले विश्वव्यापी वैज्ञानिक र प्राविधिक नविन सहयोगलाई बढावा दिनसक्छ। विश्वव्यापी जलवायु चुनौतीको सामना गर्न, खाद्य सुरक्षा समस्याहरू समाधान गर्न, र विश्वव्यापी अर्थतन्त्रको सन्तुलित पुनरुत्थानलाई संयुक्त प्रवर्द्धन गर्नसक्छ।

 

    चीन अन्तर्राष्ट्रिय आर्थिक आदानप्रदान केन्द्रद्वारा संयोजित "ग्लोबल थिङ्क ट्याङ्क शिखर सम्मेलन" एक द्विवार्षिक संस्थागत बहुपक्षीय अन्तर्राष्ट्रिय सम्मेलन हो। हालसम्म बेइजिङले ६ पटक यो सम्मेलनको आयोजना गरिसकेको छ। यस सम्मेलनले विश्वव्यापी अर्थतन्त्र, वित्त, लगानी, व्यापार, दिगो विकास आदि महत्त्वपूर्ण विषयबारे छलफल गर्दछ भने एक महत्त्वपूर्ण उच्च स्तरीय आदानप्रदान मञ्च बनेको छ।