राष्ट्राध्यक्ष सी चिनफिङको सिनच्याङ निरीक्षण भ्रमणबाट के सूचना पाइयो
2022-07-15 10:05:10CRI
Share with:

जुला १२ र १३ तारिख बिहानसम्म चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सिनच्याङको उरूमुछीको निरीक्षण भ्रमण गर्नुभएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको अठारँ महाधिवेशनयता राष्ट्राध्यक्ष सी चिनफिङले सिनच्याङको भ्रमण गर्नुभएको यो दोस्रो पटक हो। सो अवसरमा उहाँले सिनच्याङ विश्वविद्यालय, उरूमुछी अन्तर्राष्ट्रिय सुक्खा बन्दरगाह क्षेत्र, थेनशान जिल्लाको कुयुआनस्याङ कम्युनिटी, सिनच्याङ युगुर स्वायत्त प्रदेशीय सङ्ग्रहालयको भ्रमण गरी सिनच्याङको दक्षता विकास, महामारी नियन्त्रण, आर्थिक तथा सामाजिक विकास, राष्ट्रिय एकता, चीन राष्ट्र समुदाय चेतनालगायतको अवस्थाबारे जानकारी लिनुभएको छ।

 

जुला १२ तारिख दिउँसो राष्ट्राध्यक्ष सी चिनफिङले सिनच्याङ विश्वविद्यालयको भ्रमण गरी सिनच्याङमा दक्षता विकास अवस्थाबारे जानकारी लिनुभयो। राष्ट्राध्यक्ष सीले सिनच्याङ विश्वविद्यालयमा दक्षताको विकासमा सबैभन्दा बढी ध्यान दिनुभएबाट दक्षता नै विकासको मूल रहेको देखिएको छ।

 

त्यसपछि उहाँले उरूमुछी अन्तर्राष्ट्रिय सुक्खा बन्दरगाहको भ्रमण गर्नुभयो। विकास सिनच्याङको स्थीर सुरक्षाको महत्वपूर्ण धार हो। सिनच्याङको क्षेत्रीय श्रेष्ठताको धारमा भित्री भूमि र उच्चस्तरीय खुला सीमानाको निर्माण गरी सिनच्याङको विकासला बढाउने सी चिनफिङको ध्यान हो।

 

जुला १३ तारिख बिहान राष्ट्राध्यक्ष सीले थेनशान कुयुनस्याङ कम्युनिटीको भ्रमण गर्नुभयो। उहाँले कम्युनिटी कार्यमा फूले निकै ध्यान दिएको भन्दै सर्वसाधारणको सोचाइ र चाहनाबारे राम्रोसँग बुझेर काम गर्नुपर्ने दोहोर्याउनुभयो।

 

त्यसपछि राष्ट्राध्यक्ष सीले सिनच्याङ युगुर स्वायत्त प्रदेशीय सङ्ग्रहालयको भ्रमण गर्नुभयो। उहाँले किर्गिज जातिको वीर महाकाव्य “मानास” प्रदर्शनीको अवलोकन गर्नुका साथै मानास अमूर्त सांस्कृतिक सम्पदाको उत्तराधिकारीसँग घनिष्ट रूपमा कुराकानी गर्नुभयो। उहाँले मानास जस्तो सांस्कृतिक सम्पदा अल्पसंख्यक जातीय मूल्यवान सम्पत्ति हुनुका साथै चीन राष्ट्रको मूल्यवान सम्पत्ति भएको औँल्याउँदै राम्रोसँग संरक्षण, उत्तराधिकार तथा संकलन गरी विकास गर्नुपर्ने कुरामा जोड दिनुभयो।