केन्याको गरिबी शिविरमा अवस्थित “पैचिङ प्राथमिक विद्यालय”
2022-07-15 10:06:51cri
Share with:

केन्याको राजधानी नैरोबीको दोस्रो ठूलो गरिबी शिविर अर्थात् माथारे  गरिबी शिविरमा “मसेडो पैचिङ विद्यालय” पर्दछ। त्यहाँका विद्यार्थीहरू गरिब परिवारबाट आएका हुन्। ती विद्यार्थीहरूमध्ये प्रायजसो अनाथ र एकल अभिभावक परिवारका बालबालिका हुन्। गत जुन महिनामा केन्याको चीन आर्थिक र व्यापारिक संघले उक्त प्राथमिक विद्यालयलाई प्रशिक्षण सामग्री चन्दा दिएको थियो।  

यो प्राथमिक विद्यालयको सन् २००१मा स्थापना भएको हो। केन्याका लागि चिनियाँ राजदूतवासको सहयोगमा सन् २००७ मा विद्यालय भवनको निर्माण गरियो। पछि चीनको सहयोगमा हालको विद्यालय भवनको निर्माण गरियो। चीनको सहयोगप्रति धन्यवाद दिनका लागि यो प्राथमिक विद्यालयले “पैचिङ” भन्ने शब्दलाई विद्यालयको नाममा राखेको थियो। यो विद्यालयका शिक्षक ग्लाडिस अचिङ ओजिन्गा भन्छन् “विद्यालय भवनको निर्माण हुनुअघि हामीसँग कक्षा कोठा थिएन। हामीसँग जस्तापाताबाट घेरिएको कोठा थियो। त्यहाँ धेरै विद्यार्थीहरू अट्न सक्दैनथिए।’

विद्यालयका निर्देशक बेनेडिक किजेले पत्रकारसँग कुराकानी गर्दै विद्यालयको पूर्वाधार सुध्रिएपछि अझै धेरै विद्यार्थीहरूले शिक्षा लिने मौका पाएको कुरा बताए। उनी भन्छन् “हाल विद्यालयको पूर्वाधार राम्रो छ, वातावरण राम्रो छ। विद्यार्थीहरू राम्रोसँग पढ्नसक्छन्। हाल विद्यालयका करिब ५३० जना विद्यार्थी र १७ जना शिक्षकशिक्षिका छन्। हालसम्म हाम्रो विद्यालयबाट स्नातक भएका १११जना विद्यार्थी विश्वविद्यालयमा भर्ना भएका छन्। केही विद्यार्थीहरू व्यावसायिक प्रविधि विद्यालयमा भर्ना भएका छन्।”

स्थानीय समजबमोजिम गत जुन ९ तारिख यो प्राथमिक विद्यालयका विद्यार्थीहरूले केन्याको चीन आर्थिक र व्यापारिक संघद्वारा चन्दा गरिएको सामग्री पाएका थिए। ती सामग्रीमा कुर्सी, टेबुल र दराज सामवेश छन्। विद्यालयका निर्देशक बेनेडिकले ती सामग्री पाएपछि विद्यार्थीहरूले अझै राम्रो वातावरणमा  पढ्न पाउने कुरा बताए।

विद्यार्थी मिचेल भन्छिन् “हामीलाई कुर्सी र टेबुल चन्दा दिने सूचना सुनेपछि मलाई निकै खुशी लाग्यो। हाल हामीसँग कुर्सी र टेबुलको कमी छैन।” 

कोरोना भाइरस महामारी यता केन्याको आर्थिक र सामाजिक विकासको ठूलो ह्रास देखापरेको छ। गरिबी शिविरका बालबालिकाको एक दिनको तीन छाक खाना पर्याप्त छैन। “मसेडो पैचिङ विद्यालय”ले चीनद्वारा चन्दा गरिएको पाँच खेपका सामग्री पाएको थियो। ती सामग्रीमा विद्यार्थीको विहानै र बेलुकी खाना समावेश छ। विद्यार्थीहरूले विद्यालयमा खाना खाएपछि परिवारको बोझ कटौती भएको छ।  

ती विद्यार्थीहरूको परिवार अवस्था कमजोर छ, प्रशिक्षण वातावरण कमजोर छ। तर उनीहरू भविष्यप्रति आशावादी छन्। छोटो भविष्यमा ती विद्यार्थीहरू हुर्कने छन्। उनीहरूले केन्या, चीन र अफ्रिकाबीचको मित्रताका लागि योगदान दिने छन्।