सुदृढ सिन्च्याङ निर्माण गर्न राष्ट्राध्यक्ष सी चिनफिङको जोड
2022-07-17 17:34:21cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् कन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङ केही दिनदेखि सिन्च्याङ भ्रमणमा हुनुहुन्छ। उहाँले त्यहाँका विभिन्न जातिका जनता तथा अधिकारीसँग भेट-घाट गर्नुभएको छ। उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको निर्णय तथा परियोजनालाई व्यावहारिक बनाउनुपर्ने, सिन्च्याङको व्यवस्थापन गर्ने कदमहरू सम्पूर्ण रूपमा लागु गर्नुपर्ने, सुधार तथा खुलापन नीतिको दृढताका साथ पालना गर्नुपर्ने र सिन्च्याङको उच्च गुणस्तरको विकासलाई प्रवर्द्धन गर्नुपर्ने कुरामा जोड दिनुभयो। साथै उहाँले नयाँ युगमा एकता र मेलमिलापयुक्त, सुदृढ र सुसांस्कृतिक,  स्थिर र प्राकृतिक सिन्च्याङ निर्माणका लागि प्रयास गर्नुपर्ने पनि बताउनुभयो।