सी चिनफिङद्वारा विश्व सांस्कृतिक सम्पदा सम्मेलनलाई बधाई पत्र
2022-07-18 17:03:16cri
Share with:

जुलाई 18 तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले महत्त्वपूर्ण कृषि सांस्कृतिक सम्पदाको विश्वव्यापी सम्मेलनलाई बधाई पत्र पठाउनुभएको छ।

 सी चिन फिङले लामो इतिहासमा मानव जातिले उत्कृष्ट कृषि सभ्यता सिर्जना गरेको र कृषि सांस्कृतिक सम्पदाको संरक्षण गर्नु मानवजातिको साझा दायित्व भएको कुरामा जोड दिनुभयो। उहाँले भन्नुभयो, "चीनले राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको विश्वव्यापी रूपमा महत्त्वपूर्ण कृषि सांस्कृतिक सम्पदा पहललाई सक्रिय रूपमा प्रतिक्रिया दिइरहेको छ र निरन्तर कृषि सांस्कृतिक सम्पदालाई प्रवर्द्धन गरिरहेको छ।"

 चीनले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर कृषि सांस्कृतिक सम्पदाको संरक्षण गर्न, आर्थिक, सामाजिक, सांस्कृतिक, पारिस्थितिक, वैज्ञानिक र प्राविधिक मूल्यलाई कायम राख्न, दिगो विकासका लागि संयुक्त राष्ट्रसङ्घीय सन् 2030 एजेन्डा लागू गर्न र आवास निर्माणलाई प्रवर्द्धन गर्न इच्छुक रहेको पनि सीले उल्लेख गर्नुभयो।

 विश्व महत्त्वपूर्ण कृषि सांस्कृतिक सम्पदा सम्मेलन 18 तारिख च च्याङ प्रान्तको छिङथियान जिल्लामा सुरु भयो।