बाइडेनको मध्य-पूर्व भ्रमण विफल
2022-07-18 18:42:20cri
Share with:

 

स्थानीय समयअनुसार, जुलाइ १७ तारिख अमेरिकाका राष्ट्रपति जोसेफ बाइडेनले मध्य-पूर्व भ्रमण सकेर वाशिङ्टन पुग्नुभएसँगै विभिन्न मिडियामा उपहास हुन थालेको छ। भ्रमणअघि बाइडेनले अमेरिका र मध्य-पूर्व सम्बन्धको नयाँ पृष्ठ खोल्ने घोषणा गर्नुभएको थियो तर त्यो विफल भयो। न्यूयोर्करले टिप्पणी गरी यस चार दिने भ्रमणबाट मध्य-पूर्वमा बाइडेनको नीति पूर्ण रुपमा विफल भएको देखिएको उल्लेख गरेको छ।

 

ऊर्जा विषय बाइडेनको यस भ्रमणको महत्वपूर्ण कार्यक्रम थियो। तर बाइडेन र साउदी अरबका नेताहरूले वार्ता गरी प्रकाशित गरेको संयुक्त वक्तव्यमा देखिन्छ कि साउदी अरबले तेलको उत्पादन मात्रालाई ठूलो मात्रामा बढाउने स्पष्ट वचन दिएको छैन। साउदी वैदेशिक मामिला मन्त्री अदेल अल-जुबेलले तेलको उत्पादन मात्रालाई बढाइनेछ कि छैन भन्ने कुरा बजारमा आपूर्ति अभाव छ कि छैन भन्ने कुरामा आधारित हुने विचार व्यक्त गर्नुभयो।

  

साथै तथाकथित मध्य-पूर्व गठबन्धनलाई सुदृढ पार्ने अमेरिकी लक्ष्य पनि विफल भएको छ। बाइडेनले भ्रमणअघि साउदीको सुरक्षा र विकास शिखर सम्मेलनमा खाडी राज्य र इजरेललगायत सैन्य गठबन्धन वा मध्य-पूर्व रूपान्तर नेटोको स्थापना गर्ने बताउनुभएको थियो। तर केही मुलुकले स्पष्ट विरोध गरेका छन्। इरानका प्रधानमन्त्री मुस्ताफा अल-काधिमीले कुनै क्षेत्रीय सैनय गठबन्धनमा संलग्न हुने इराकको कहिल्यै पनि विचार नभएको कुरा उल्लेख गर्नुभयो। साउदी विदेशमन्त्री फाइसाल बिन फार्हान अल साउदले खाडी-इजरेल रक्षा गठबन्धनसम्बन्धी कुनै पनि छलफलबारे थाहा नभएको र त्यस्ता वार्तामा साउदी अरब संलग्न नहुने व्यक्त गर्नुभयो। मध्य-पूर्व मुलुकले स्पष्ट रूपमा बुझ्छन् कि तथाकथित मध्य-पूर्व रूपान्तर नेटो द्वन्द्व प्रोत्साहन गर्ने गुट मात्रै हो जसले क्षेत्रीय शान्तिलाई बिगार्नेछ। 

 

मध्य-पूर्वबाट चीन र रूसलाई हटाउने अमेरिकाको लक्ष्य पनि विफल भयो। विगत दशौँ वर्षमा अमेरिका मध्य-पूर्वमा भताभुंग पारी फिर्ता भएको  थियो। हाल अरू मुलुकले मध्य-पूर्वको विकास गर्न सहयोग गरेबाट अमेरिकालाई डर लागिरहेको छ। तर मध्य-पूर्व जस्को बगैँचा होइन, मध्य-पूर्वले आफ्नो विकासलाई साँच्चिकै सहयोग गर्ने मुलुकलाई स्वागत गरिरहेको छ। साउदी वैदेशिक मामिला मन्त्री अदेल अल-जुबाइलले चीन सायदीको महत्वपूर्ण व्यापार साझेदारी, ऊर्जा बजार र लगानीकर्ता हो भन्ने कुरा बताउनुभयो।
बाइडेनको मध्य-पूर्व भ्रमण विफल भएबाट मध्य-पूर्वलाई भूराजनीतिक खेलको चेसको रूपमा राख्ने र राजनीतिक फाइदा पाउने अमेरिकी राजनीतिज्ञको लक्ष्य सम्पूर्ण विफल भएको देखिएको छ। यो अमेरिकी कूटनीतिको पहिलो विफलता होइन, तर अन्तिम पनि होइन।