खुनमिङ तोनान फूल बजारको समृद्ध "रात्री अर्थव्यवस्था"
2022-07-18 15:09:21CRI
Share with:

खुनमिङ प्रान्तीय तोनान "एशियाको फूलको राजधानी" भनेर चिनिन्छ। त्यहाँका फूलहरू विश्वका ५० भन्दा बढी देश र क्षेत्रहरूमा निर्यात गरिन्छ। वितेका वर्षहरूमा, फूलको व्यापार र पर्यटकीय आकर्षक स्थलको रूपमा तोनान फूल बजारले रात्री व्यापार र ट्राफिक प्रवाहको विशेषता अनुसार फूलको उपभोग गर्ने अनुभव, पर्यटकीय अनुभव र सांस्कृतिक अनुभव प्रदान गर्दै "रात्री अर्थव्यवस्था" लाई विकास गरिरहेको छ। हालै युनान प्रान्तीय रात्रिकालीन संस्कृति र पर्यटन उपभोग क्षेत्रको पहिलो खेपमा तोनान फूल बजारलाई सूचिकृत गरिएको छ। तोनान फूल बजारको रात्री भ्रमण गर्नु पर्यटकहरूको लागि नयाँ आकर्षण बनेको छ।