हङकङमा बस्ने फ्रान्सेलीद्वारा आफ्नो ग्यालरी चिनियाँ र विदेशी संस्कृति बीच आदान प्रदान गर्ने पूल बन्नसक्ने आशा
2022-07-18 09:31:45CRI
Share with:

जुलाई १ तारिख हङकङ मातृभूमिमा समाहित भएको २५औँ वार्षिकोत्सव हो। हङकङ विशेष प्रशासनिक क्षेत्रको विकासको सिलसिलामा धेरै विदेशीहरु घुम्न, रोजगारी अथवा बस्नका लागि यहाँ आएका छन्। फ्रान्सेली फान या द यिनीहरुमध्येका एक हुनुहुन्छ। हिजोआज उहाँको ग्यालरी हङकङमा प्रसिद्ध छ। उहाँले आफ्नो ग्यालरी चिनियाँ र विदेशी संस्कृति बीच आदान प्रदान गर्ने पूल बन्नसक्ने आशा लिनुभएको छ। आजको कार्यक्रममा यस विषय सम्बन्धी एउटा विवरण सुन्नुहोस्।

 

फान या दको फ्रान्सेली नाम आरथुर द भिलेपिन हो। उहाँ हङकङको चुङ ह्वान क्षेत्रमा एउटा विशेष ग्यालरीको संचालन गर्नुहुन्छ। उहाँका बुवा दोमिनिक द भिलेपिन फ्रान्सका पूर्व प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँकी आमा र दिदी कलाकार हुनुहुन्छ। यस्तो वातावरणमा सानैदेखि फान या दले परिवारसँग विश्वका विभिन्न क्षेत्रको संस्कृतिको अनुभव गर्न पाउनुभएको थियो। सन् २००८ मा पहिलो पटक हङकङ आउँदाखेरि नै उहाँलाई हङकङ आफ्नो सपनाको शहर जस्तो लागेको थियो।

म सधैँ यात्रा गर्थेँ र विश्वका अधिकाँश मुलुक तथा क्षेत्र घुमेको पनि छु। तैपनि पहिलो पटक हङकङ आउँदा यो ठाउँ मलाई खुबै मन पर्यो। यस्तो अनुभव एउटा प्रेम कथा जस्तै हो। त्यसैले मेरो पढाइ सकेपछि म यहाँ आएर बसेको हो। म एक स्वरोजगार बनेको छु र यहाँ १२ वर्षदेखि बस्दैआएको छु।

 

अहिले फान या दको ग्यालरी हङकङको कला क्षेत्रमा प्रख्यात नाम बनेको छ। विश्वका विभिन्न स्थानका कला शौखिनहरुले उहाँको ग्यालरीमा आयोजना गरिएको हरेक प्रदर्शनको अवलोकन गर्छन्, जुन फान या दलाई सबैभन्दा धेरै चित्त बुझ्ने कुरा बनेको छ। उहाँको विचारमा ग्यालरीको संचालनको उद्देश्य चित्र विक्री मात्रै होइन।

मानिसहरुले ग्यालरीमा चित्र हेर्दै आश्चर्य प्रकट गर्दाको क्षण मलाई निकै रमाइलो लाग्छ, त्यो बेला मलाई एकदमै खुसी लाग्छ। मलाई चित्र बेच्ने मात्रै होइन, सक्दो सबैभन्दा राम्रो गर्न र हङकङका लागि सबैभन्दा उत्कृष्ट कला ल्याउने मेरो चाहना छ। 

फान या दले हङकङको वर्तमान कलात्मक वातावरणको उच्च मूल्याङ्कन गर्नुभएको छ। विशेष गरी भर्खरै सर्वसाधारणका लागि खुला भएको हङकङ दरबार सङ्ग्रहालयको मूल्याङ्कन उहाँले यसरी गर्नु हुन्छ।

हङकङ दरबार सङ्ग्रहालय निकै शानदार छ। मलाई गौरव लाग्छ। किनभने यस सङ्ग्रहालयमा प्रदर्शित कलात्मक वस्तुहरु पैचिङको दरबार सङ्ग्रहालय र फ्रान्सको द लूफ सङ्ग्रहालयबाट ल्याइएका हुन्। मेरो विचारमा यो विश्वको सबैभन्दा राम्रो सङ्ग्रहालय हो। 

फान या द हङकङको विकासमा पनि भाग लिन चाहनु हुन्छ। उहाँका अनुसार, कोरोना महामरीपछि उहाँको ग्यालरीले चीनको मुख्य भूमिका सङ्ग्रहालय र विद्यालयहरुसँग सम्पर्क गरी मुख्य भूमि बीचको सहयोगलाई सबल पार्ने छ।

मुख्य भूमिका संस्थाहरुसँगको सहयोग एकदम महत्त्वपूर्ण छ। उदाहरणका लागि हामीले हाङ चौ कला इन्स्टिच्युटसँग धेरै पटक छलफल गरेका छौँ र उचित समयमा प्रदर्शनको आयोजना गर्ने तयारी गर्दै आएका छौँ। यसबाहेक हामीले शन चनको वर्तमान कला र शहरको परिकल्पना केन्द्रसँग त्यहाँ पनि प्रदर्शनको आयोजना कार्यबारे आदान प्रदान गरिरहेका छौँ। 

भविष्यमा फान या दले आफ्नो ग्यालरी चिनियाँ र विदेशी संस्कृति बीच आदान प्रदान गर्ने पूल बन्नसक्ने आशा गर्नुभएको छ। जसबाट अरु बढी चिनियाँहरुले विदेशका उत्कृष्ट कला वस्तुको अवलोकन गर्न पाउने छन् र विश्वले वर्तमान चीनको शानदार छविबारे जानकारी पाउने छ।