कोरोनाभाइरस महामारीको पछिल्लो लहरलाई परास्त गरेपछिको बेइजिङ
2022-07-18 11:01:39CRI
Share with:

बेइजिङमा अप्रिलको अन्ततिर कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सतर्कता अपनाइएको थियो। यस क्रममा केही जिल्लाभित्रका बस्तीहरू पूरै सिल्ड गरियो। यसरी भाइरसको आक्रमणसँगै बेइजिङ सहर एक डेढ महिनाकालागि ठप्प नै बन्नपुगेको थियो। भाइरसले अप्रिलको अन्तबाट जुनको अन्तसम्ममा बेइजिङमा करिब १६०० मानिसलाई सङ्क्रमित बनाएको थियो। 

बेइजिङ नगरपालिकाले सुन्य कोभिड नीतिलाई पछ्याउँदै हरेक दिन न्युक्लिक एसिड जाँच, भीडभाड नियन्त्रण, सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ लगायत विविध तरिका अपनाएर सङ्कमण दरलाई सुन्यमा झार्न सफल भएको छ। यसरी पछिल्लो लहरलाई काबुमा लिएपछि अहिले जनजीवन पूर्ववत् स्थितिमा फर्केको छ। 

यो बेइजिङको व्यस्त चोकमध्येको एक हो, जहाँ पछिल्लो विजयपछिको चहलपहल देख्नसकिन्छ। गर्मीसँगै बालबच्चा पानीमा रमाइरहेको दृश्यले शीतलता दिने छ।


Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/