#अल्पसंख्यक जाति# हिमालयमा गस्ती टोली
2022-07-19 09:03:19CRI
Share with:

हिमालयको पूर्वी भागमा पर्ने तिब्बती लिनच शहरीय मोथो जिल्लामा वन-जंगल, घाँसेमैदान, प्रशस्त पशु र वनस्पति स्रोतहरू छन्। त्यसलाई प्राकृतिक पशु र वनस्पति संग्रहालय मानिन्छ। त्यहाँ प्रत्येक दिन वन-जंगलमा गस्ती गर्ने टोलीले सुन्दर वातावरणको सुरक्षा गरिरहेको छ।

 

“मोथोको प्राकृतिक वातावरण ज्यादै विशेष छ। दुर्लभ पशु र वनस्पति पनि धेरै छन्। गस्ती हाम्रो महत्वपूर्ण कार्य हो। प्रत्येक महिनामा नियमित रूपमा एकपटक गस्ती गर्नुपर्छ।” लिनच सीमा व्यवस्थापन गस्ती टोलीअन्तर्गत मोथो पैपङ प्रहरी शाखाका प्रमुख युयुयीले जानकारी दिनुभयो। लामो समयपछि गस्ती प्रहरीले आफ्नो खुट्टाबाट काँडाले भरिएको जंगलमा एउटा पैदल यात्रा ट्रेल खोलेका छन्। 

मोथो जिल्ला ब्रह्मपुत्र घाटी राष्ट्रिय प्रकृति रिजर्वमा अवस्थित छ। सन् २०२१ मा लिनच शहरले जंगल क्षेत्रमा निरीक्षक प्रणालीको स्थापना गरेको छ। उक्त प्रणालीमा मोथो जिल्लाअन्तर्गत विभिन्न सीमा प्रहरी स्टेशनका प्रमुखले जंगल क्षेत्रको निरीक्षणकालागि निरीक्षक नियुक्त गरेका छन्। जसबाट सीमा प्रहरी स्टेशनले वन स्रोतमाथि हुने विविध अपराधमाथि प्रहार गर्ने जिम्मेवार अझै स्पष्ट छ। पैपङ बस्ती पातङ गाउँमा जंगल क्षेत्रमा गस्ती गर्न कुमारी जंगलको ठाडो पहाडी सडकमा पैदल हिड्नुपर्छ। सीधा दूरी १० किलोमिटर मात्र भएता पनि पाँच जना प्रहरीलाई गस्ती गर्न दुई दिन लाग्छ। विविध प्रकारका जनावर र सरीसृप भएको जंगलमा हरेक गस्ती नयाँ साहसिक कार्य हो।

 “हरेक पटकको गस्तीमा शरीरमा थाहै नपाई दर्जनौँ जुका तथा कीराहरू हुन्छन्। जुका हटाइएपछि शरीरमा धेरै घाउहरू हुन्छन्। यो त केही होइन, हामीलाई सबैभन्दा चिन्ता लाग्ने भनेको कोब्रा, जंगली सुँगुर र कालो भालुसँगको भेट हो। खतराको प्रतिरोध गर्न प्रस्थानअघि हामीले पूर्ण तयार गर्नुपर्छ।” प्रहरी चौ शङचानले भन्नुभयो। 

“जंगली जीवन निकै कठिन छ। पहिलोपटक गस्ती गर्दा खतराको चिन्ता र डरले म पूरै रात सुत्न सकेको थिएन।” प्रमुख यु युयीले भन्नुभयो।

 

गस्तीबाहेक सर्वसाधारणलाई दुर्लभ जनावर र वनस्पतिको रक्षा गर्ने कानून तथा नियमबारे जानकारी दिनु प्रहरीहरूको अर्को महत्वपूर्ण कार्य हो। सुरूमा स्थानीय बासिन्दामा दुर्लभ जनावर र वनस्पतिको रक्षातिर कुनै ध्यान थिएन साथै प्रहरीको जानकारीप्रति चासो थिएन। धेरै वर्षयता यु युयीले हरेक साता एकपटक वातावरणको संरक्षणको महत्वपूर्ण अर्थ र वन फडानीलगायतका नतिजाबारे चर्चा गर्नुभएको छ। वातावरणको संरक्षण गर्ने बिउ क्रमशः सर्वसाधारणको मनमा बढेको छ। पैपङ बस्ती गलिन गाउँका गाउँले छायानचिनले पहिले जंगली जनावरको शिकार गर्थे र जंगली बिरुवा नछुट्याएर काट्थे। हाल उनले दुर्लभ जनावर र बिरुवाको प्रकार याद गर्नुका साथै वन रक्षक टोलीमा समेत भाग लिएका छन्। धेरै गाउँलेहरूले वनको सतर्कता र रिपोर्टिङ कार्यलाई सक्रिय रूपमा वहन गरेका छन्। 

“सफा पानी र हरियो पहाडको रक्षा गरेर सर्वसाधारणको सुन्दर जीवनको रक्षा गरेको हो।” स्थानीय प्रहरी र सर्वसाधारणहरूले यो विचार लिएर हिमालय पर्वतमा वन तथा घाँस स्रोतको संरक्षण गर्ने सुदृढ रेखा स्थापना गरेका छन्।