अमेरिका र बेलायती हिंसाको न्यायिक परिक्षण जरुरी
2022-07-19 18:52:50cri
Share with:

पश्चिमी आक्रमणकारीले निर्दोष नागरिकमाथि चलाएको हिंसात्मक गतिविधि कति क्रूर छ? बीबीसीले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार अफ्गानिस्तानमा तैनाथ बेलायती सेनाको हिंसा र भयानक हत्या-प्रतियोगिताका फोटोहरूबाट सम्पूर्ण दोष र निर्लज्जता लुकाउने प्रयास गरेको देखिएको छ।

 

बेलायती सेनाको प्रतिवेदन, इमेल, तत्स्थानका गोली प्वाल फोटो लगायत प्रमाणबारे बीबीसीको अनुसन्धान अनुसार, अफ्गानिस्तानमा तैनाथ पूर्व बेलायती विशेष हवाइ सेनाले युद्धबन्दी तथा सर्वसाधारणलाई धेरै पटक मारेको थियो, अझै कहाँसम्म भने कस्ले बढी मार्ने भन्ने प्रतियोगिता नै चलेको थियो। यसबाहेक सम्बद्ध सेनाले तत्स्थानमा जालसाजी गरेको दृष्य र सेना प्रमुखले तथ्यलाई लुकाएको अवस्था पनि अनुसन्धानमा देखाइएको छ।

वास्तवमा निर्दोषहरुलाई हत्या गरेको बेलायती सेनाले मात्र होइन। सन् २०२०को डिसेम्बरमा अस्ट्रेलियाको रक्षा मन्त्रालयले अनुसन्धान प्रतिवेदन प्रकाशित गरी अफ्गानिस्तानमा अस्ट्रेलियाली सेनाले स्थानीयमा नरसंहार गरेको मानव विरूद्ध गतिविधि देखाएको थियो। जस्तो भनौँ १४ वर्षीय केटालाई घाँटी काटेर नदीमा फाल्नेजस्तो क्रूर गतिविधि छ, जसबाट अन्तर्राष्ट्रिय समुदायबाट कडा निन्दा भएको थियो।

अमेरिकाले अफ्गानिस्तानमा आक्रमण गरेको २० वर्षयता १ लाख ७४ हजार अफ्गानिस्तानीले ज्यान गुमाएका छन् तीमध्ये ३० हजार सर्वसाधारण थिए। तथ्याङ्कका अनुसार, इराकदेखि अफ्गानिस्तानसम्म, सिरियादेखि यमनसम्म, २० वर्षयता अमेरिकाले चलाएको ९० हजारभन्दा बढी हवाई प्रहारबाट कम्तीमा ४८ हजार सर्वसाधारणको मृत्यु भएको छ।

 

झनै नराम्रो कुरा भने अपराध प्रकाशमा आएपछि पनि ती पश्चिमा मुलुकले हरसम्भव जिम्मेवारी लिनबाट तर्किने प्रयास गर्छन्। अमेरिका, बेलायत, अस्ट्रेलिया लगायत मुलुकले मानव अधिकार भनिरहेका छन् तर विदेशमा निर्दोष सर्वसाधारणलाई मारेको हिंसाबारे उनीहरूले कसरी व्याख्या गर्छन्?

जेनेभा सन्धिमा स्पष्ट रूपमा तोकिएको छ कि युद्धमा शान्तिपूर्ण सर्वसाधारणलाई मार्न, जबरजस्ती, दुर्व्यवहार र देशबाट निकाला गर्न निषेध छ भने युद्धमा संलग्न नभएका मानिसलाई जुनसुकै अवस्थामा पनि मानवीय उपचार दिनुपर्छ। अमेरिका, बेलायत, अस्ट्रेलियाले ती सन्धिमा हस्ताक्षर गरिसकेका छन् तर विपरीत काम गरिरहेका छन्। उनीहरूको हिंसात्मक गतिविधि नै समस्त मानवजातिमाथिको दोष हो र न्यायले यसको फैसला गर्नुपर्छ।

न्याय अबेला आउला, तर कहिल्यै पनि नआउने भन्ने हुँदैन।