राष्ट्राध्यक्ष सीलाई "मनपर्ने" सिन्च्याङ फल के हो?
2022-07-19 16:24:30cri
Share with:

सिन्च्याङको अद्वितीय प्राकृतिक वातावरण तथा मौसमका कारणले त्यहाँ धेरै प्रकारका फलफूलको उत्पादन हुन्छ। विभिन्न किसिमका खरबुजा, बयरका साथै त्यहाँ अंगूर मात्रै ५००भन्दा बढी प्रजातिका पाइन्छन्। केही दिनअघि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सिन्च्याङको भ्रमण गर्दा विशेष गरी ‘अंगुर बस्ती’भनिने तुर्पनको निरीक्षण भ्रमण गर्नुभएको थियो।

अंगुर बाहेक, राष्ट्राध्यक्ष सीका कारणले सिन्च्याङको अर्को फल पनि अझै "लोकप्रिय" बनेको छ।

सन् २०१७ मा राष्ट्राध्यक्ष सीले सिन्च्याङका जनतालाई जवाफी चिट्ठी पठाउँदै उल्लेख गर्नुभएको थियो: "सबै जातीय समूहका मानिसहरू अनारको दानाजस्तै एकताबद्ध भएर पार्टीको नेतृत्वमा सिन्च्याङको अझै राम्रो भविष्यको सिर्जना गर्नुपर्छ।"

त्यसपछि, उहाँले सिन्च्याङ, भित्री मङ्गोलिया र छिङहाईको चर्चा गर्दा धेरै पटक उदाहरणको रूपमा अनारको प्रयोग गर्नुभएको छ।

जुन १४ तारिख सिन्च्याङका स्थानीय गाउँलेहरूसँगको कुराकानीमा राष्ट्राध्यक्ष सी चिनफिङले फेरि एकपटक ५६ जातीय समूहहरू अनारको दानाजस्तै मिलेर रहेको कुरा प्रस्तुत गर्नुभयो।

अनार राष्ट्रिय एकता, भ्रातृत्व र आपसी सहयोगको प्रतीक हो। यो राष्ट्राध्यक्ष सी चिनफिङका साथै सबै चिनियाँहरूको मनपर्ने फल हो।