पश्चिमी सछ्वान पठारभूमिका आधुनिक गोठालाहरू
2022-07-19 14:25:07CRI
Share with:

पाचौउ र उनकी श्रीमती ड्रोल्मा चीनको सछ्वान प्रान्तीय आबा तिब्बती र छियाङ जातिय स्वायत्त प्रिफेक्चर अन्तर्गत रुओरगाई काउन्टी पानयो गाँउबस्तीका तिब्बती गोठाला हुन्। उनीहरूको ८ सदस्यीय परिवारसँग १३३ हेक्टर क्षेत्रफल फैलिएको घाँसे मैदान र २०० भन्दा बढी याकहरू छन्। पारिवारिक वार्षिक आय १ लाख चिनियाँ युआन भन्दा बढी छ।

बस्तीमा रहेको पाचौउको दुईतले भवन तीन वर्षअघि निर्माण गरिएको हो। हरेक वर्षको जुन र नोभेम्बर, यी २ महिनामा उनको परिवारले चौँरीहरूलाई गाउँको साझा चरनमा लैजाने गर्छन् र बाँकी समय दुर्गम चरन क्षेत्रमा चौँरीसँग बिताउने गर्छन्। दुर्गम चरन क्षेत्र सडकसँग जोडिएको तथा विद्युत आपूर्तिको सुविधा र घरमा दुईवटा कार भएकाले आफ्ना आमाबाबुलाई भेट्न ४० किलोमिटर टाढाको बस्तीबाट घर फर्कन उनीहरूका लागि कुनै ठूलो समस्या होइन।

हाल रुओरगाई काउन्टी परम्परागत पशुपालनबाट आधुनिक पशुपालनमा परिणत हुँदै छ। पाचौउको परिवारले पनि चौँरीका लागि न्यानो गोठ निर्माण गर्ने विचार गरेका छन्। पर्यावरणीय संरक्षण र उच्च-गुणस्तरीय विकासको प्रोत्साहनमा बढी भन्दा बढी स्थानीय गोठालाहरू आधुनिक पशुपालनको बाटोमा लागेका छन्।