“च्यान चनको काँस्य मूर्ति”जापानको टोकियोमा अनावरण
2022-07-20 14:53:59cri
Share with:

जुलाई २० तारिख अन्तर्राष्ट्रिय प्रसिद्ध मूर्तिकार एवम् चिनियाँ कला सङ्ग्रहालयका प्रमुख उ वै शानले रचना गर्नुभएकोच्यान चनको काँस्य मूर्तिजापानको राजधानी टोकियोको एउटा पार्कमा एक समारोहको आयोजना गर्दै अनावरण गरिएको छ।

 च्यान चनको काँस्य मूर्तिचीनको थाङ वंशका भिक्षु च्यान चनले धेरै कठिनाइको सामना गरी ६ पटक समुद्र पार गरी जापानमा धर्मको प्रचार प्रसार गरेको धारमा बनाइएको छ। उक्त मूर्ति अनावरण समारोहमा जापानका लागि चीनका राजदूत खौङ स्युआन यौले भिक्षु च्यान चन चीन जापान आदानप्रदान इतिहासको अग्रगामी दूत भएको तथा चीन जापान बीच दीर्घकालदेखि मैत्रीपूर्ण आवतजावतको द्योतक रहेको भन्दै चीन जापान दौत्य सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमाच्यान चनको काँस्य मूर्तिको स्थापनाको महत्त्वपूर्ण अर्थ रहेको बताउनुभएको छ। 

टोकियोका गभर्नर कोइके युरिकोले फ्नो मन्तव्यमा भिक्षु च्यान चनले धेरै कठिनाइको सामना गरी जापानसम्म आएको बताउनुभयो। उनको गमनपछि जापानको सांस्कृतिक विकासमा ठूलो प्रभाव पारेको र भविष्यमा आदानप्रदानमार्फत संयुक्त रूपमा चीन जापानको समृद्ध भविष्यको सिर्जना गरौँ भन्ने अपेक्षा लिएको पनि व्यक्त गर्नुभयो।