अमेरिकाले सिनच्याङलाई झूटो निन्दा गर्नसकेन
2022-07-20 17:04:37cri
Share with:


अमेरिका विदेशमन्त्रालयले हालै सिनेटमा तथाकथित एली विसेल नरसंहार र अत्याचार रोकथाम ऐन-२०२२ प्रतिवेदन पेश गर्नुका साथै अमेरिकी इतिहासमा पहिलो अत्याचारको पूर्वानुमान गर्ने, रोक्ने र सामना गर्ने रणनीति प्रकाशित गरेर सिनच्याङमाथि नरसंहार र जबरजस्ती श्रमको झूटो निन्दा गरेको छ।

 

स्वर्गीय यहुदी अमेरिकी लेखक एली विसेल दोस्रो विश्व युद्धको नाजी नरसंहारमा बाँच्न सफल व्यक्ति हुन् र त्यसबाट मरेकाहरूको न्यायको लागि लडेका थिए। अमेरिकाले उनको नाममा तथाकथित ऐन बनाउनुको अर्थ चीनलगायत विभिन्न मुलुकको मानवअधिकारको निहुँमा झुटा निन्दा गरी आफ्नो प्रभुत्ववादको खोजी गर्नु हो।

 

उक्त प्रतिवेदनले गत जुन २१ तारिख संचालनमा ल्याइएको तथाकथित युगुर जबरजस्ती श्रम रोकथाम बिललाई मिलाएर मानवअधिकारको आधारमा सिनच्याङलाई विश्व औद्योगिक श्रृखंलाबाट हटाई सिनच्याङमा अस्थिर वातावरण बनाएर चीनको विकासलाई रोक्न खोजेको छ।

 

वास्तवमा अमेरिकाले जुनसुकै प्रतिवेदन, रणनीति, बिल कार्यान्वयनमा ल्याउने प्रयास गरेपनि सिनच्याङमाथि झुटो निन्दा गर्न सकिरहेको छैन। किनभने अन्तर्राष्ट्रिय समूहसमक्ष सुरक्षा, समृद्धि, खुलापनको बाटोमा विकास भइरहेको सिनच्याङ देखिएको छ, तथाकथित नरसंहार र जबरजस्ती श्रमलगायत दोषारोपण गरिएका विषयसँग कुनै पनि सम्बन्ध छैन।

 

जुलाइको सुरूमा पाँच महादेशका १३ वटा मुलुकका उद्योग तथा व्यापार क्षेत्रका प्रतिनिधिले सिनच्याङको भ्रमण गर्नुभएको थियो। उहाँहरूले सिनच्याङको व्यवसायमा निकै जैविक शक्ति रहेकोमा प्रशंसा गर्नुभयो। साथै सिनच्याङको ३ किलोमिटरको वाइन सेलरबारे निकै अचम्म लागेको बताउनुभयो। आँखाले हेरिएको तथ्य हो। अमेरिकाका केही मानिसले जुनसुकै उपाय लगाएपनि सिनच्याङ र विश्वबीचको सम्बन्धलाई बिगार्न संभव छैन र तथ्य बुझ्नबाट अन्तर्राष्ट्रिय समुदायलाई रोक्न पनि सक्दैन।