अमेरिका नै विश्वको पहिलो मानव बेचबिखनकर्ताः चिनियाँ परराष्ट्र मन्त्रालय
2022-07-20 18:57:47cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले २० तारिख अमेरिकाले मानव बेचबिखनको मुद्दामा तथ्यलाई वर्षैपिच्छे बेवास्ता गर्दै गलत रिपोर्टहरू बनाउने गरेको आरोप लगाउनुभएको छ। साथै उहाँले वास्तवमा अमेरिका नै विश्वको पहिलो मानव बेचविखनकर्ता मुलुक भएको ठोकुवा गर्नुभएको छ।

स्थानीय समय अनुसार १९ तारिख अमेरिकी राज्य परिषदले आफ्नो वार्षिक मानव बेचबिखन प्रतिवेदन जारी गर्दै चीनलाई तेस्रो खराब मुलुक र क्षेत्रको सूचीमा राख्दै सिन्च्याङमा "जबरजस्ती श्रम" जस्ता मुद्दाहरूमा चीनमाथि आक्रमण र बदनाम गरेको छ।

प्रवक्तका वाङले भन्नुभयो, ‘अमेरिकाले यसलाई जतिसुकै बहाना बनाए पनि उसले आफ्नो मूल देश, ट्रान्जिट र जबरजस्ती श्रमको गन्तव्यको वास्तविक अपराध परिवर्तन गर्न सक्दैन। अमेरिकी राज्य परिषदको अनुमान प्रत्येक वर्ष करिब १ लाख मानिसहरूलाई जबरजस्ती श्रमका लागि विदेशबाट अमेरिकामा तस्करी गरिन्छ।’

प्रवक्ता वाङले प्रत्येक वर्ष जबरजस्ती श्रमका लागि विदेशबाट अमेरिकामा बेचबिखन हुने १ लाख मानिसहरूमध्ये ५० प्रतिशत नाबालिग बालबालिका हुने गरेको बताउनुभयो। केही समय अघि अमेरिकी टेक्सासमा हृदय विदारक अवैध आप्रवासी 'डेथ ट्रक' नरसंहार भएको थियो जसमा कम्तीमा ५० जनाको ज्यान गएको थियो।

प्रवक्ता वाङले चीन सरकारले मानव बेचबिखन, विशेष गरी महिला र बालबालिकाको बेचबिखन रोक्न, दमन र दण्डका लागि अन्तर्राष्ट्रिय संगठित अपराध विरुद्धको संयुक्त राष्ट्रसंघको महासन्धि र यसको पूरक प्रोटोकललाई गम्भीरताका साथ लागू गरेकोमा पनि जोड दिनुभयो।