विश्व युवा विकास मञ्च पैचिङमा सम्पन्न
2022-07-21 18:15:33cri
Share with:

अखिल चीन युवा महासंघको आयोजनामा जुलाई 21 तारिखदेखि 23 तारिखसम्म पैचिङमा विश्व युवा विकास मञ्च आयोजना भएको छ। यस मञ्चको विषयवस्तु "युवा विकास प्रवर्द्धन र साझा भविष्यको आकार" भन्ने रहेको थियो।

मञ्चमा विभिन्न देशका सरकारी अधिकारीहरू, विभिन्न संघसंस्थाका प्रमुखहरू र 100 भन्दा बढी देशका युवा प्रतिनिधिहरूले समावेशी र निष्पक्ष गुणस्तरीय शिक्षा, रोजगारी र उद्यमशीलता, डिजिटल अर्थतन्त्र, जलवायु परिवर्तन र हरित विकास जस्ता विभिन्न विषयमा अनलाइन र अफलाइन छलफलहरू आदानप्रदान गरेका थिए।

 

संयुक्त राष्ट्र सघका महासचिव एन्टोनियो गुटेर्रेसले भिडियो सन्देशमा यो फोरम युवाहरूलाई एकसाथ उभिन र आजको सबैभन्दा दबाबपूर्ण विश्वव्यापी समस्याहरू समाधान गर्नका लागि विचारहरू बनाउने मुख्य अवसर भएको बताउनुभयो।

 

फोरममा “युवाका लागि प्राथमिकता विकाससम्बन्धी अन्तर्राष्ट्रिय पहल”पनि जारी गरियो, जसले सबै पक्षहरूलाई युवाहरूको प्राथमिकता विकासको अवधारणालाई जोडदार रूपमा वकालत गर्न र युवाहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय विकास रणनीतिहरूमा समावेश गर्न आह्वान गरेको छ।