चिनियाँ राष्ट्राध्यक्ष सी चिनपिङद्वारा श्रीलंकाली नयाँ राष्ट्रपति विक्रमासिङ्घेलाई बधाई सन्देश
2022-07-22 18:43:17cri
Share with:

जुलाई 22 तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले रनिल विक्रमासिङ्घेलाई प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई सन्देश पठाउनुभएको छ।


राष्ट्राध्यक्ष सीले चीन र श्रीलंका एकअर्काका परम्परागत मित्रवत् छिमेकी मुलुक भएको कुरा औंल्याउनुभयो। 65 वर्षअघि दौत्य सम्बन्ध स्थापना भएदेखि नै दुई देशले ठूला र साना मुलुकबीच मैत्रीपूर्ण सहअस्तित्व र पारस्परिक लाभकारी सहयोगको उदाहरण कायम गर्दै पारस्परिक सम्मान, समानता र पारस्परिक हितका आधारमा द्विपक्षीय सम्बन्धको विकासलाई सदैव प्रवर्द्धन गर्दै आएका छन्।

 

राष्ट्राध्यक्ष सीले राष्ट्रपति विक्रमासिङ्घेको नेतृत्वमा श्रीलङ्काले अस्थायी कठिनाइहरू पार गरी आर्थिक र सामाजिक पुनरुत्थानको प्रक्रियालाई अगाडि बढाउन सक्ने विश्वास व्यक्त गर्नुभयो।