इजिप्टको राष्ट्रिय दिवसको 70औँ वार्षिकोत्सवमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको बधाई सन्देश
2022-07-23 16:36:37cri
Share with:

जुलाई 23 तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले इजिप्टका राष्ट्रपति अब्देल फतेह अल-सिसीलाई इजिप्टको राष्ट्रिय दिवसको 70औँ वार्षिकोत्सवको उपलक्षमा शुभकामना सन्देश पठाउनुभएको छ।

 

राष्ट्राध्यक्ष सीले हालैका वर्षहरूमा इजिप्टले स्वतन्त्रता र आत्मनिर्भरताको मार्गलाई दृढतापूर्वक पछ्याएको र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा महत्वपूर्ण भूमिका खेल्दै राष्ट्रिय निर्माणमा सुधार ल्याएको कुरा औंल्याउनुभयो।

 

राष्ट्राध्यक्ष सीले चीन-इजिप्ट सम्बन्धको विकासलाई ठूलो महत्व दिने कुरामा जोड दिनुभयो र राष्ट्रपति सिसीसँग मिलेर एकअर्कालाई दृढतापूर्वक समर्थन गर्न, चीन र इजिप्टबीचको "बेल्ट एण्ड रोड" को संयुक्त निर्माणलाई प्रवर्द्धन गर्न र कार्यान्वयन गर्न इच्छुक रहेको कुरामा जोड दिनुभयो। उहाँले दुई देशले विश्वव्यापी विकास पहलहरू कार्यान्वयन गर्न, विकासोन्मुख राष्ट्रहरूको साझा हितको रक्षा गर्न र नयाँ युगमा साझा भविष्यका साथ चीन-इजिप्ट समुदाय निर्माण गर्ने लक्ष्यमा दृढतापूर्वक अघि बढ्ने आशा व्यक्त गर्नुभयो।