अमेरिकी चिप्स बिल आफ्नै विकास बाटो रोक्ने कदम
2022-07-23 16:49:03cri
Share with:

हाल अमेरिकी सिनेटले चिप्स बिलमाथि प्रक्रियागत मतदान गरेर सिनेट तथा प्रतिनिधिसभामा उक्त बिल पारित हुनका लागि रहेका बाधाहरू हटाएको छ। अमेरिकी मिडियाका अनुसार, उक्त बिलले ५० अर्ब अमेरिकी डलरभन्दा बढी रकम प्रदान गरी अमेरिकी सेमिकन्डक्टर (अर्धचालक) उद्योगको विकासलाई प्रबर्द्धन गर्नेछ जसले सम्बद्ध कर छुट अनुदान गरी अमेरिकामा कारखाना निर्माण गर्न व्यवसायहरूलाई प्रोत्साहन गर्नेछ। अमेरिकी मिडियाले विशेष गरी ध्यान दिएका छन् कि उक्त बिलले अमेरिकी अर्धचालक उद्योगलाई तथाकथित रेलिङ्ग राखेर अनुदान पाएको कम्पनिलाई चीनमा लगानी गर्न सीमित गर्नेछ। जसबाट सो बिल चीनलक्षित भएको स्पष्ट देखिएको छ।


वास्तवमा ह्वाइटहाउसका प्रेस सचिव कारिने जीन पिएरले ती उत्साहजनक कदमले अमेरिकामा बढी सेमिकन्डक्टर लगानी गराउने तर चीनमा होइन भन्दै रेलिङ्गबाट चीनमा लगानी बृद्धि गति ढिलो बनाउन मद्दत पुग्ने भएकाले बिलमा रेलिङ्ग यति महत्वपूर्ण भएको कारण रहेको खुला रूपमा व्यक्त गर्नुभयो। यसबाट अमेरिकाको प्रभूत्ववादी सोच निकै गहिरो रूपमा रहेको देखिएको छ।

 

चिप्स उद्योग उच्च विश्वव्यापीकरण उद्योग हो भने विभिन्न मुलुकबीचको सहकार्य चाहिन्छ। विश्व चिप्स उद्योग श्रृंखला र आपूर्ति श्रृंखलाको स्थापना र विकास नै बजार नियम र व्यवसाय विकल्प अनुकूलनको परिणाम हो। तथ्याङ्कका अनुसार, कुनै विकसित चिप्सको उत्पादनका १०००भन्दा बढी प्रकृया छन् भने ७० पटकभन्दा बढी अन्तर्राष्ट्रिय सहयोग भएर समाप्त हुन्छ। अमेरिकी राजनीतिज्ञले डिकप्लिङ गरेबाट बजारको नियमविपरीत विश्व औद्योगिक श्रृंखलाको स्थिरतालाई भंग गरिनेछ।

तर राजनीतिक हस्तक्षेपले बजारको नियमलाई रोक्न सक्दैन र वैज्ञानिक तथा प्राविधिक डिकप्लिङले पनि चीनको विकासलाई बाधा दिन सक्दैन। ब्लूमबर्गको तथ्याङ्कका अनुसार, विगत चार त्रैमासिकमा हरेक त्रैमासिकमा विश्वमा शीर्ष बृद्धि दर भएका २० वटा चिप्स उद्योग कम्पनिमध्ये १९ वटा चीनका हुन् तर गत वर्षको सोही अवधिमा उक्त संख्या ८ मात्र थियो। चीनको उत्कृष्ट उद्योग समर्थन र बजार आकारबाट विदेशी व्यवसाय प्राकृतिक रूपमा आकर्षित हुनेछ।