चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा अल्बानियाली नयाँ राष्ट्रपतिलाई बधाई
2022-07-24 17:02:36cri
Share with:

जुलाई 24 तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले बज्रम बेगाजलाई अल्बानियाको नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा बधाई सन्देश पठाउनुभएको छ।  

 

राष्ट्राध्यक्ष सीले चीन र अल्बानियाबीच गहिरो परम्परागत मित्रता रहेको औंल्याउँदै हालैका वर्षहरूमा दुई देशले "बेल्ट एण्ड रोड" को संयुक्त निर्माण र चीन-सीईईसी(मध्य र पूर्वी युरोपेली देशहरू)सहयोग मञ्चको रूपमा राजनीतिक पारस्परिक विश्वास बढाएको बताउनुभयो। उहाँले नीतिगत सञ्चारलाई सुदृढ गर्न र व्यावहारिक सहयोग प्रवर्द्धन गर्नका साथै आपसी सम्बन्धले नयाँ प्रगति गरेको पनि उल्लेख गर्नुभयो।

 

बधाई सन्देशमा राष्ट्राध्यक्ष सीले आफूले चीन-अल्बानिया सम्बन्धको विकासलाई ठूलो महत्व दिएको बताउँदै राष्ट्रपति बेगाजसँग विभिन्न क्षेत्रमा आपसी आदानप्रदानलाई अझ गहन पार्न, पारस्परिक लाभकारी सहयोगको नतिजालाई सुदृढ पार्न र दुई देश तथा दुई देशका जनतामाझ फाइदा सिर्जना गर्न इच्छुक रहेको बताउनुभएको छ।