चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र इन्डोनेसियाको ‘चार वटा एक’
2022-07-24 19:54:16cri
Share with:

 चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले जुलाई 25 तारिखदेखि 26 तारिखसम्म चीनको भ्रमण गर्नुहुने छ। पैचिङ शीतकालीन ओलम्पिक खेलकुदपछि चीन भ्रमण गर्नुहुने राष्ट्रपति विडोडो पहिलो विदेशी नेता हुनुले चीन-इन्डोनेसिया मैत्री सम्बन्धको रणनीतिक उचाइलाई दर्शाउँछ।

 

चीन र इन्डोनेसियाबीचको मैत्रीपूर्ण आदानप्रदानको लामो इतिहास छ। पछिल्ला वर्षहरूमा दुई देशका नेताहरूको नेतृत्व र प्रवर्द्धनमा दुई देशबीचको व्यापक रणनीतिक साझेदारीको गहिराइमा विकास भइरहेको छ। यस अवधिमा नयाँ युगमा चीन-इण्डोनेसिया सम्बन्धको विकासका लागि पहल, भावना, रेलमार्ग र सम्झौताहरू महत्वपूर्ण समन्वय मात्र होइनन्, स्थिर र दीर्घकालीन भावी आदानप्रदानका लागि दुई देशको मुख्य आधार र मापदण्ड पनि हुन्। 

 

एक पहल

सन् 2013को अक्टोबर 3 तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले इन्डोनेसियाली कांग्रेसमा आफ्नो भाषणमा "21औं शताब्दीको सामुद्रिक सिल्क रोड" संयुक्त रूपमा निर्माण गर्ने पहलको प्रस्ताव राख्नुभयो।

 

एक भावना

सन् 2015को अप्रिल 24 तारिखमा इन्डोनेसियामा एसियाली-अफ्रिकी नेताहरूको बैठकका लागि विभिन्न देशका नेताहरू बान्डुङ्ग सम्मेलनको 60 औं वार्षिकोत्सवको स्मरणात्मक गतिविधिहरूमा भाग लिन  बान्डुङ्ग पुगेका थिए। राष्ट्रपति जोको विडोडोको निमन्त्रणामा राष्ट्राध्यक्ष सी चिन फिङले महत्वपूर्ण भाषण गर्नुभएको थियो। राष्ट्राध्यक्ष सीले एसिया-अफ्रिका सहयोगलाई गहिरो बनाउन, दक्षिण-दक्षिण सहयोग विस्तार गर्न र उत्तर-दक्षिण सहयोगलाई अगाडि बढाउन तीनवटा प्रमुख पहलहरू अघि सार्नुभयो जसले बान्डुङ्ग भावनामा नयाँ अर्थ राख्छ र एसिया र अफ्रिकाको नयाँ भविष्यको दिशा औंल्याउँछ।

 

एक रेलवे

इन्डोनेसियाको राजधानी जकार्ता र चौथो ठूलो सहर बान्डुङ्ग जोड्ने जकार्ता-बान्डुङ उच्च गतिको रेलवे लगभग 142 किलोमिटर लामो छ र यसको अधिकतम डिजाइन गति 350 किलोमिटर प्रति घण्टा छ। चीन र इन्डोनेसियाका नेताहरूको प्रत्यक्ष प्रवर्द्धन अन्तर्गत विकास रणनीतिहरूको सहयोगमा जकार्ता-बान्डुङ उच्च गतिको रेलमार्ग एउटा ठूलो उपलब्धि हो।

 

एक सम्झौता

सन् 2011 मा त्यस समयको आशियानको अध्यक्ष मुलुक इन्डोनेसियाले पहिलो पटक क्षेत्रीय व्यापक आर्थिक साझेदारी (RCEP) पहल प्रस्ताव गरेको थियो। सन् 2020को नोभेम्बर 15 तारिख इन्डोनेसिया सहित दस आशियान देशहरूले औपचारिक रूपमा चीन, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया र न्यूजिल्याण्डसँग यो सम्झौतामा हस्ताक्षर गरेका छन्। सन् 2022को जनवरी 1 तारिखदेखि यो आधिकारिक रूपमा लागू भयो।