चीनका राष्ट्राध्यक्ष सी चिनफिङबाट भारतका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई ज्ञापन
2022-07-25 16:32:24CRI
Share with:

 चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई २५ तारिख भारतका नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुलाई बधाई सन्देश पठाउनुभएको छ। 

राष्ट्राध्यक्ष सीका अनुसार, चीन र भारत आपसका लागि महत्वपूर्ण छिमेकी मुलुक हुन्। चीन र भारतबीच स्वस्थ तथा स्थिर सम्बन्ध दुई देश र जनताको मुल फाइदासँग मिलेको र क्षेत्र तथा विश्वको शान्ति, स्थिरता र विकासका लागि फायदाजनक भएको छ। उहाँले चीन र भारतको सम्बन्धमाथि उच्च महत्व दिँदै राष्ट्रपति मुर्मुसँग प्रयासमा आपसी राजनीतिक विश्वास तथा व्यावहारिक सहयोगलाई गहिरो पारेर दुई देशको सम्बन्धलाई सही ट्रयाकमा अगाडि बढाउने इच्छा राख्नुभएको छ।