स्विफट्स चरासँगै पैचिङको केन्द्रीय भागको अवलोकन
2022-07-26 15:28:35CRI
Share with:

हरेक वर्षको अप्रिलदेखि अगष्ट महिनासम्म पैचिङका आकाशमा थुप्रै स्विफट्स चराहरू उडिरहेका हुन्छन्। यो पैचिङको एक किसिमको विशेषतायुक्त दृश्य पनि हो। स्विफट्स चराको उड्ने गति एकदमै तीव्र छ। पैचिङको केन्द्रीय भागमा रहेका पुराना भवनहरूका छानोमा गुँड बनाउनु ती चराहरूको अर्को विशेषता हो।

 

पैचिङको केन्द्रीय भाग सामान्यतया उत्तरी भागको ढोल तथा घण्टा भवनदेखि दक्षिणी भागको योङ तिङ द्वारसम्म अर्थात् जम्मा ७.८ किलोमिटरको भागलाई मानिन्छ। जुन हालसम्म विश्वमा संरक्षित सबैभन्दा लामो ऐतिहासिक केन्द्रीय भाग पनि हो।

पहिलो पैचिङ संस्कृति मञ्च यसै जुलाई २५ देखि २६ तारिखसम्म पैचिङमा आयोजना गरिँदैछ। त्यस मञ्चमा पैचिङको केन्द्रीय भागलाई विश्व सांस्कृतिक सम्पदा सूचिमा सूचिकृत गर्न निवेदन दिइने ध्यानाकर्षणको विषय बनेको छ।

 

ल, स्विफट्स चरासँगै पैचिङको केन्द्रीय भागको अवलोकन गरौँ है त!