विश्व बजार शाङहाईमा पनि कृषि समस्यामा ध्यान दिनुपर्छ?
2022-07-27 10:21:06cri
Share with:

 

सन् २००७ को मार्चदेखि अक्टोबरसम्म सी चिनफिङले शाङहाई पार्टी सचिवको पदमा काम गर्नुभएको थियो। उहाँले शाङहाईको कृषि समस्या सामान्य नभएर महत्वपूर्ण रहेको ठान्नुभयो। किनकि शाङहाई केन्द्रिय सहरको क्षेत्रफल ६०० वर्ग किलोमिटर हुँदा उपनगरको क्षेत्र दश गुणा जति अर्थात् ६ हजार वर्ग किलोमिटर छ। उपनगरबाट शाङहाईको विकासमा निहित शक्ति प्रदान गरिने छ। उदाहरणको लागि आकस्मिक घटना हुँदा उपनगरमा पर्याप्त तरकारी,खाद्य पदार्थ आदि दैनिक आवश्यक सामग्री प्रदान गर्नेमा अरू प्रान्तको आपूर्तिमा भर परिराख्न नपर्ने पनि हुनसक्छ।  

 

सी चिनफिङले शाङहाईमा सात महिना मात्रै काम गरे तापनि तत्कालीन शाङहाईका सबै १९वटा क्षेत्र जानुभयो, विशेष गरी उपनगर क्षेत्रहरू। शाङहाईको चिन शान क्षेत्रमा उहाँले आरूखेती व्यवसायको अवस्थाबारे जानकारी लिनुभयो, फङ स्यान क्षेत्रमा धान खेतीमा जानुभयो,च्या तिङ क्षेत्रमा उहाँले स्थानीय एउटा अङ्गुर विशेष पार्कमा अङ्गुर रस पिउनुभयो। 

शाङहाईका किसानहरूको व्यवसायमा ध्यान दिनुका साथै उहाँले उनीहरूको बसोबास, चिकित्सा, गाउँको पूर्वाधार निर्माणमा पनि ध्यान दिनुभयो। सन्२००७ शाङहाई सरकारले किसानलाई नयाँ बसोबास समुदायको निर्माण गर्यो, मे महिनामा सी चिनफिङले एक जना भर्खरै नयाँ घरमा  सरेका किसानको घरमा गएर बसोबास अवस्थाबारे हेरचाह गर्नुभयो। 

सात महिनाको समय छोटो छ, तर सी चिनफिङले किसानलाई ध्यान दिनुभएको, किसानलाई आदर गर्नुभएको,किसानलाई माया गर्नुभएको भावना शाङहाईका किसान र जनताको मनमा गहिरो छाप बनेर रहेको छ।