सरल जीवन बिताउने सी चिन फिङ
2022-07-27 10:18:18cri
Share with:


 फु च्यान प्रान्त सी चिन फिङले विवाह गर्नुभएको तथा आफ्नो कार्यभार  सम्हाल्न शुरु गरेको ठाउँ हो।

 

सन् १९८७ को सेप्टेम्बरमा सी चिन फिङले फङ ली युआनसँग स्या मन शहरमा विवाह गर्नुभयो।

 

त्यस बेला सी चिन फिङ स्या मन शहरका उप-मेयर हुनुहुन्थ्यो। तथापि स्या मनमा उहाँको आफ्नो घर थिएन। विवाह गर्दा उहाँ चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत स्या मन शहर समितिको छात्रावासमा बस्नुभयो। विवाह गर्दा उहाँले कुनै पनि समारोहको आयोजना गर्नुभएको थिएन, बरु ४ जना सहकर्मीलाई स्या मन होटेलमा सामान्य खाना खुवाउनुभयो। खाना खाएपछि सहकर्मीहरुले उहाँको घरमा लगेर चिया खुवाउन अनुरोध गरेका  थिए। उनीहरुले सी चिन फिङको सानो छात्रावासमा पसेर चिया खाने क्रममा कप नपुगेको थाहा पाए।  दाँत सफा गर्ने कप र कचौरासमेत ६ कप मात्र पुगे। फङ ली युआनले छात्रावास बाहिर पाँच चिनियाँ युआन खर्च गरी उनीहरुलाई विवाहको मिठाइँ बाँड्नुभयो। फङ ली युआनले क्षमायाचना गरी भन्नुभयो, ‘तपाईंहरुका लागि कुनै पनि उपहार तयार नगरेकामा माफ गर्नुहोला। स्या मन शहरका निवर्तमान अनुशासन समितिका उप-प्रमुख ल्य्वी कुङ नानले भन्नुभयो, ‘तपाईंसँग उपहार छ, तपाईंले गीत गाएर सुनाउनु पनि एउटा उपहार हो।’

फङ ली युआनले तुरुन्तै भन्नुभयो, ‘ठीक छ, म तपाईंहरुका लागि एउटा गीत प्रदान गर्छु।’

सी चिन फिङको विवाह यस्तो विशेष र सरल थियो।

 

सन् १९८८ को जुन महिनामा सी चिन फिङ चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत निङ त शहर समितिका सचिवको पदमा नियुक्त हुनुभयो। सो पदमा बसेपछि पनि उहाँले नयाँ गाडीको प्रयोग गर्नुभएको थिएन, गाडीको चालक परिवर्तन गर्नुभएको थिएन, कार्यालय पनि परिवर्तन गर्नुभएको थिएन। बरु उहाँले छात्रावासमा बसेर कर्मचारीको भोजनालयमा खाना खानुभयो। उहाँका सहकर्मीहरुले उहाँको यस्तो सरल जीवन बुझेनन्। सी चिन फिङले यस्तो उत्तर दिनुभयो, ‘अधिकृत भएपछि यस ठाउँका सर्वसाधारणका लागि हित कल्याण ल्याउनुपर्छ, जीवनमा न्युनतम मापदण्ड अपनाउनुपर्छ, आफूलाई एक सामान्य व्यक्ति सोच्नुपर्छ।’