केन्द्रीय सैन्य आयोगद्वारा “पा ई पदक" र मानार्थ उपाधि प्रदान
2022-07-27 19:13:09CRI
Share with:

चिनियाँ जन मुक्ति सेना स्थापनाको ९५ औँ वार्षिकोत्सव मनाउने क्रममा चिनियाँ केन्द्रीय सैन्य आयोगले अगष्ट २७ तारिख पैचिङको “पा ई पदक" र मानार्थ उपाधि प्रदान समारोह भव्य रूपमा आयोजना गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले “पा ई पदक"का विजेताहलाई पदक र प्रमाणपत्र प्रदान गर्नुका साथै मानार्थ उपाधि प्राप्त विभागलाई सम्मानको प्रतीक झण्डा प्रदान गर्नुभएको छ।