तिब्बती जातीय युवती ताइ छिङ यौङ छ्वः जन्मस्थलका उत्पादनलाई बाह्य बजारमा ल्याउँदै
2022-07-27 14:52:11cri
Share with:

२५ वर्षीय ताइ छिङ यौङ छ्वको चीनको उत्तर पश्चिमी छिङहाई प्रान्तको युशु तिब्बती स्वायत्त बस्तीको स्याङ गु गाउँमा जन्म भएको हो। समुद्र सतहबाट औसत ३५००मिटर उचाइमा रहेको यो प्राकृतिक घाँसेमैदानमा याकको दूध, मासु पाइनुका साथै अर्गानिक उत्पादनहरू हुन्छन्। तर यातायात असुविधा तथा प्रचार चौतारो नभएको कारण यहाँका विशेषतायुक्त उत्पादनहरू बाह्य क्षेत्रसम्म ल्याउन सजिलो छैन।

 

सन् २०१९ मा ताइ छिङ यौ छ्व विश्वविद्यालयबाट स्नातक भएपछि महिनामा दश हजार चिनियाँ युआन कमाउने काम त्यागेर जन्मस्थल फर्केकी थिइन्। बुवाको पसल सञ्चालनमा उनले धेरै उपाय लगाएर विक्री च्यानललाई विस्तृत पारेकी छिन्। यस वर्षदेखि उनले प्रत्यक्ष प्रसारणबाट उत्पादन विक्री शुरू गरेकी छिन्। हरेक पटक वेबसाइटमा जन्मस्थलका उत्पादन बेच्दा सयौँ उपभोक्ताले किनमेल गरेका छन्। यस वर्ष उनको अनलाइन पसल र पसलको कूल विक्री रकम १२ लाख चिनियाँ युआनभन्दा अधिक छ। 

अहिले तपाईँ चीनको कुनै पनि ठाउँमा ताइ छिङ यौङ छ्वको जन्मस्थलका विशेषतायुक्त उत्पादन खरीद गर्न सक्नुहुन्छ।