चीनको सिन्च्याङ १४ औं साइलिमु ताल घुम्ने साइकलिङ प्रतियोगिता सम्पन्न
2022-07-27 14:28:52CRI
Share with:

चीनको सिन्च्याङ १४ औं साइलिमु ताल घुम्ने साइकलिङ प्रतियोगिता २६ तारिख सफलताका साथ सम्पन्न भएको छ। ५ दिनसम्म चलेको उक्त प्रतियोगितामा चीनका विभिन्न स्थानबाट आएका साइकलिङ खेलप्रेमीहरूले ग्रीष्म ऋतुमा सिन्च्याङको रमणीय दृश्यको अवलोकन गरेका छन्।

 

उक्त प्रतियोगिताको मार्गमा हिम पर्वत, मरूभूमि, घाँसेमैदान, सिम्सार क्षेत्र र ताल लगायतका अनेकन् प्राकृतिक दृश्यहरू समेटिएका छन्। ४२० किलोमिटर लामो प्रतियोगितालाई जम्मा १७० जना खेलाडीले पूरा गरेका छन्।

 

सिन्च्याङ साइलिमु ताल घुम्ने साइकलिङ प्रतियोगिता सन् २००७ देखि आयोजना गरिँदैआएको छ। हाल चीनको उत्कृष्ट सौखिन राजमार्ग साइकलिङ प्रतियोगितामध्येको एक बनेको छ।