चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन चिनियाँ राष्ट्रको महान पुन:उत्थान सम्बन्धित राष्ट्राध्यक्ष सीको भनाइ
2022-07-28 10:01:24cri
Share with:

प्रान्तीय तथा विभागीय तहका मुख्य नेता र अधिकृतको “चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङको महत्त्वपूर्ण भाषणको भावना सिकौँ, चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनको स्वागत गरौँ” विषयक तालिम कक्षा जुलाई २६ तारिखदेखि २७ तारिखसम्म पैचिङमा आयोजना गरिएको छ।

 

चीनका सर्वोच्च नेता सी चिन फिङले सो तालिम कक्षालाई सम्बोधन गर्दै छिटै आयोजना हुन लागेको चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन समाजवादी आधुनिकीकरण मुलुकको निर्माणको नयाँ अवधिमा प्रवेश गर्ने निर्णायक घडीमा चीनले आयोजना गर्ने एउटा निकै महत्त्वपूर्ण महाधिवेशन भएको कुरामा जोड दिनुभयो। चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन चिनियाँ विशेषयतायुक्त समाजवादको भविष्य र भाग्य तथा चिनियाँ राष्ट्रको महान पुन:उत्थानसँग सम्बन्धित रहेको पनि उहाँले औँल्याउनुभएको छ।

 

महासचिव सीले आगामी पाँच वर्ष समाजवादी आधुनिकीकरण मुलुकको चौतर्फी रुपमा निर्माण गर्ने निर्णायक अवधि हुने भन्दै यी पाँच वर्षको विकास दोस्रो शतवार्षिकी लक्ष्यलाई पूरा गर्न एकदमै महत्त्वपूर्ण रहेको पनि औँल्याउनुभयो।