नयाँ युगको १० वर्ष यता भएको परिवर्तन निकै महत्त्वपूर्ण
2022-07-28 10:49:10cri
Share with:

चीनको प्रान्तीय तथा विभागीय तहका मुख्य नेता र अधिकृत विषयक तालिम कक्षा जुलाई २६ देखि २७ सम्म पैचिङमा आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सो कक्षामा सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको १८औँ महाधिवेशनयता चिनियाँ विषेशतायुक्त समाजवाद नयाँ युगमा प्रवेश भएको औँल्याउनुभएको छ।

 

उहाँले दश वर्षयता चिनियाँ कम्युनिष्ट पार्टी तथा राष्ट्रको राजनैतिक, आर्थिक, विचारधारा र प्राकृतिक वातावरणसमेतका विभिन्न पक्षको चुनौतीको सामना गरी ऐतिहासिक र उल्लेखनीय उपलब्धि हासिल गर्नुका साथै विकासको इतिहासका लागि चीनको खुलापन तथा सुधार निकै महत्वपूर्ण देखिएको पनि व्यक्त गर्नुभयो।

 

चिनियाँ जाती र राष्ट्रको महान पुनरूत्थानलाई व्यवहारिक बनाउनका लागि ठूलो योगदान दिनुपर्ने साथै अझ बढी प्रयास गर्नुपर्ने कुरामा पनि सी चिनफिङले जोड दिनुभयो।