प्रख्यात लेखकद्वारा अमेरिकी मुद्रास्फीतिले ऐतिहासिक अवसाद फैलाउन सक्ने चेतावनी
2022-07-28 16:44:37CRI
Share with:

बढ्दो मूल्यवृद्धि, घर बिक्रीमा गिरावट र कामदारहरूको संख्याले आफ्नो जागिर गुमाउनुले अमेरिकामा आर्थिक संकट र ठूलो बेरोजगारी निम्त्याउन सक्ने रोबर्ट कियोसाकीले चेतावनी दिनु भएको छ।

"मुद्रास्फीतिले वृहत डिप्रेसन निम्त्याउन सक्छ," उहाँले ट्वीट गर्नु भएको छ। "रियल इस्टेट क्र्यास हुँदैछ। गत वर्षको तुलनामा ७ सय प्रतिशत फोरक्लोजरहरू बढ्दै छन्। काम छोड्ने क्रम सुरु हुँदैछ।"

"धनी बुबा र गरिब बुबा" पुस्तकका लेखकले अमेरिकाको मुद्रास्फीति ४० वर्षको उच्चतहमा पुग्ने र घरको बिक्री गत जुन महिनामा दुई वर्षको न्यूनमा झरेको बताउँदै भर्खरैको उछालले माइक्रोसफ्ट, जेपी मोर्गन र अन्य ठूला रोजगारदाता कम्पनीमा रोजगारी घट्दै गएको औँल्याउनु भएको छ।

"हामी विश्व इतिहासको सबैभन्दा ठूलो बबलमा छौं," उहाँले गत मार्चमा ट्वीट गर्नु भएको थियो "स्टक, घर जग्गा, कमोडिटी र तेल सबैतिर कुनै निश्चितता छेन। फलत हामी एकसाथ सम्भावित डिप्रेसन फस्न सक्छौँ।"

कियोसाकीले उच्च खाना, इन्धन र आवास लागतको सामना गरिरहेका अमेरिकीहरूलाई केही असामान्य सल्लाह पनि दिनु भएको छ। उहाँले टुना र बेक्ड बीन्सको क्यानलाई उपलब्ध उत्तम लगानीको रूपमा दाबी गर्नु भएको किनकि उहाँ भोकमरीलाई वास्तविक जोखिमको रूपमा हेर्नुहुन्छ। उहाँले लेख्नु भएको छ "तपाईले सुन, चाँदी, वा बिटक्वाइन खान सक्नुहुन्न।"