वर्तमान आर्थिक परिस्थिति र उत्तरार्द्ध वर्षको आर्थिक कार्यबारे सीपीसी केन्द्रीय समितिबाट गैर-पार्टी संगोष्ठी आयोजना
2022-07-28 19:42:17CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले पैचिङमा गैर-पार्टी संगोष्ठीको आयोजना गरेर वर्तमान आर्थिक परिस्थिति र उत्तरार्द्ध वर्षको आर्थिक कार्यबारे प्रजातान्त्रिक पार्टीका केन्द्रीय समिति, चिनियाँ उद्योग तथा वाणिज्य महासंघका प्रमुख र  स्वतन्त्र प्रतिनिधिहरूबाट राय र सुझाव सुन्ने काम गरेको छ। केन्द्रीय समितिका महासचिव सी चिनफिङले संगोष्ठीको अध्यक्षता गर्नुभएको छ। व्यापक रूपमा हेर्दा चीनको विकाससँग धेरै रणनीतिक फाइदाजनक शर्त रहेको कुरामा उहाँले जोड दिनुभएको छ। उहाँका अनुसार, चिनियाँ अर्थतन्त्रसँग बलियो लचिलोपना, ठूलो निहित शक्ति र जैविक शक्तिले भरिपूर्ण दीर्घकालमा राम्रो हुने आधारभूत अवस्थामा परिवर्तन हुनेछैन। 

प्रतिनिधिहरूले छुट्टा-छुट्टै सम्बोधन गरेका छन्। उनीहरुले वर्तमान आर्थिक परिस्थितिबारे केन्द्रीय समितिको विश्लेषण र उत्तरार्द्ध वर्षमा आर्थिक कार्यको योजनालाई समर्थन दिनुका साथै उपभोगको सम्भावना तथा विकसित शक्तिको प्रवर्द्धन, सूचीबद्ध कम्पनीको सुपरिवेक्षण नियमको सुधार, प्रमुख क्षेत्रमा वित्तीय सहयोगको प्रवर्द्धन आदि विषयबारे राय- सुझाव प्रस्तुत गरेका छन्।