योङ तिङ नदी पैचिङको एक नयाँ प्रतीक
2022-07-29 10:12:58cri
Share with:

योङ तिङ नदीलाई चीनको उत्तरी क्षेत्रको एउटा महत्त्वपूर्ण नदी मानिन्छ। यसको लम्बाइ ७४७ किलोमिटर छ साथै जल निकास क्षेत्रफल ४७ हजार वर्ग मिटरसम्म फैलिएको छ। यो योङ तिङ नदीको एक भाग पैचिङमा पनि फैलिएको छ र यसको लम्बाइ १७० किलोमिटर छ, जसकारण यो नदीलाई पैचिङको मातृ नदी पनि भनिन्छ।

 

पूर्ण रूपमा संरक्षण गरिएपछि योङ तिङ नदीको प्राकृतिक वातावरणमा सुधार आएको छ। हाल पैचिङ ग्रीष्म ओलम्पिक तथा हिउँदे ओलम्पिक खेलस्थल नजिकको नयाँ शौ काङ पुल, योङ तिङ भवन लगायतका अरू नयाँ संरचनाहरूले पैचिङ सहरलाई थप सुन्दर बनाएको छ। यो योङ तिङ नदी एउटा नयाँ प्रतीक समेत बनेको छ।