चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको संयुक्त मोर्चा बैठकलाई सीको सम्बोधन
2022-07-30 19:57:31CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको संयुक्त मोर्चा बैठक जुलाई २९ तारिखदेखि ३० सम्म पैचिङमा आयोजित भएको छ। केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले उक्त बैठकलाई सम्बोधन गर्दै चालु वर्ष चिनियाँ कम्युनिष्ट पार्टीले स्पष्ट रूपमा संयुक्त मोर्चा नीतको प्रस्तुत गर्ने सयौं वार्तिकोत्सव भएको व्यक्त गर्नुभएको छ। उहाँका अनुसार, देशभक्त संयुक्त मोर्चाको सही दिशामा अडिग भएर नयाँ युगमा देशभक्त संयुक्त मोर्चाको ऐतिहासिक स्थानलाई सही रुपमा बुझ्नुपर्छ। नयाँ युगमा देशभक्त संयुक्त मोर्चाको आधारभूत कार्य हो - नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी विचारलाई मार्गनिर्देशन बनाएर चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा, चिनियाँ विशेषतायुक्त समाजवादको मार्गमा अडिग रहेर देशभक्ति र समाजवादको झण्डा उठाएर एकता र विविधताको एकिकृतमा अडिग हुनुपर्छ। समग्र अवस्थालाई सेवा दिनेमा अडिग, समयसँग अगाडि जाने र नवप्रवर्तन गर्नेमा अडिग हुनुपर्छ। जनताको मन र शक्तिलाई एकताबद्ध गर्नुका साथै पार्टीबीचको सम्बन्ध, जातिहरूबीचको सम्बन्ध, धार्मिक सम्बन्ध, वर्गीय सम्बन्ध र स्वदेश तथा विदेशमा रहेका देशबन्धुबीचको सम्बन्धलाई बढाएर चिनियाँहरूको एकतालाई घच्घच्याएर समाजवादी आधुनिक राष्ट्रको निर्माण र चिनियाँ राष्ट्रको महान पुनर्रूत्थानका लागि शक्ति जम्मा गर्नुपर्छ।