चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा फिलिपिन्सका राष्ट्रपतिलाई समवेदना व्यक्त
2022-07-30 19:20:10CRI
Share with:

फिलिन्पिन्समा भूकम्प गएको मामिलाबारे चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई ३० तारिख फिलिपिन्सका राष्ट्रपति फेर्डिनान्ड रोमुआल्डेज मार्कोसलाई समवेदना सन्देश पठाउनुभएको छ।

उहाँका अनुसार, फिलिपिन्समा भूकम्प गएर जन-धनको क्षति भएको सूचना पाउँदा आफूलाई दुःख लागेको बताउँदै चीन सरकार तथा जनताको तर्फबाट साथै व्यक्तिगत रूपमा मृतकहरुप्रति हार्दिन श्रद्धान्जली र मृतकका परिवार तथा घाइतेहरूलाई हार्दिक समवेदना व्यक्त गर्छु। राष्ट्रपति मार्कोस र फिलिपिन्स सरकारको नेतृत्वमा प्रकोपग्रस्त क्षेत्रका सर्वसाधारणले प्रकोपलाई जितेर घरआवासको पुनर्निर्माण गर्ने विश्वास उहाँले गर्नुभएको छ।