अमेरिकाले प्रतिबद्धतालाई अक्षरशः पालना गर्नुपर्ने
2022-07-30 17:30:44CRI
Share with:

पैचिङ समयबमोजिम जुलाई २८ तारिख बेलुकी चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग टेलिफोन वार्ता गर्नुभएको छ। दुई मुलुकका नेताहरूले चीन र अमेरिकाको सम्बन्ध, साझा अभिरुचिका विषयहरूबारे सदिच्छापूर्वक वैचारिक आदान-प्रदान गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले चीन र अमेरिका यी दुबै ठूला मुलुकको दायित्वबारे ब्याख्या गर्दै थाइवान समस्याबारे सिद्धान्त र अडानलाई प्रष्ट्याउनु भएको छ। राष्ट्रपति बाइडेनले अमेरिका र चीनबीचको सहयोग खोज्ने, विवादको व्यवहारिक रुपमा नियन्त्रण गर्ने, एक चीनसम्बन्धी अमेरिकाको नीतिमा परिवर्तन नभएको र परिवर्तन नहुने तथा अमेरिकाले थाइवानको “स्वतन्त्रता”को समर्थन नदिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

बाइडेन राष्ट्रपति भएपछि चिनियाँ राष्ट्राध्यबीच टेलिफोन वार्ता भएको यो पाँचौं पटक हो। यस पटकको वार्ताबाट हेर्दा दुई पक्षले मतभेदको सामना गरेका र सहयोगको इच्छा प्रकट गरेका छन्।

राष्ट्राध्यक्ष सीले चीन र अमेरिकाले समष्टिगत अर्थतन्त्रको नीतिको समन्वय, विश्व व्यवसाय शृङ्खलाको स्थिरताको संरक्षण, विश्व ऊर्जा स्रोत र खाद्यान्न सुरक्षाको प्रत्याभूतिआदि समस्याहरूमा सम्पर्कलाई कायम राख्नुपर्ने, विश्वलाई कोरोना भाइरस महामारीबाट मुक्त हुन, आर्थिक ह्रासको अवस्थाबाट हटाउन मद्दत दिनुपर्ने, संयुक्त राष्ट्र संघको केन्द्रमा रहेको अन्तर्राष्ट्रिय प्रणाली र अन्तर्राष्ट्रिय ऐनको आधारमा रहेको अन्तर्राष्ट्रिय व्यवस्थाको संरक्षण गर्नुपर्ने कुरामा जोड दिनुभयो।  

राष्ट्राध्यक्ष सी चिनफिङले यस पटकको टेलिफोन वार्तामा थाइवान समस्यामा चीनको सिद्धान्त र अडानबारे ब्याख्या गर्नुभयो। थाइवान समस्या चीन र अमेरिकाको सम्बन्धमा सबैभन्दा महत्वपूर्ण र सबैभन्दा संवेदनशील विषय हो। यसबाट अमेरिका उत्तेजित भएकाले हाल थाइवान जलडमरूको परिस्थितिको सामु देखापरेको जोखिम बढेको कुरा प्रतिविम्वित भएको छ।

सीले चीन-अमेरिका तीन संयुक्त विज्ञप्ति दुई पक्षको राजनीतिक प्रतिबद्धता हो भन्दै एक चीनको सिद्धान्त चीन र अमेरिकाको सम्बन्धको राजनीतिक आधार रहेको बताउनुभयो। उहाँले “थाइवान स्वतन्त्रता”को पृथकता र बाहिरीय शक्तिको हस्तक्षेपको चीनले सधैँ विरोध गरेको कुरामा जोड दिनुभयो।

यो चीनका सर्वोच्च नेताले थाइवान समस्याबारे अमेरिकालाई प्रसारण गर्नुभएको स्पष्ट सूचना हो। अमेरिकाले बुझ्नुपर्छ, थाइवान समस्या व्यवहार नगरिएमा चीन र अमेरिकाको सम्बन्धमा असर पर्ने छ। अमेरिकाले धेरै पटक एक चीनको नीतिको पालना गर्ने प्रतिबद्धता गरेको, “थाइवानको स्वतन्त्रता”को समर्थन नदिएको बताउँदै आएको छ। तर, त्यो प्रतिबद्धतालाई व्यवहारमा उतार्न आवश्यक छ।