जनतालाई सधैं मनमा राख्ने राष्ट्राध्यक्ष सी चिनफिङ
2022-07-30 17:11:52cri
Share with:

“मेरो शासन अवधारणा जनतालाई सेवा दिनु र आफ्नो जम्मेवार वहन गर्नु हो।” चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभएको उक्त कुरामा जनताप्रति उहाँको गहिरो भावना समेटिएको छ। उक्त कुराबाट एक ठूलो मुलुकका नेताको भावना र दायित्व देखिएको छ।

श्या च्याङ गाउँ चीनको च च्याङ प्रान्तीय छुन आन जिल्लाको फङ शु लिङ बस्तीमा पर्दछ। च च्याङ प्रान्तको पश्चिमी क्षेत्रमा श्या च्याङ गाउँ परिचित भयो। किभने पहिले श्या च्याङ गाउँ निकै गरिब थियो। हालको श्या च्याङ गाउँ निकै प्रसिद्ध बनेको छ। किनभने हाल श्या च्याङ गाउँ सबैभन्दा सुन्दर र धनी गाउँ हो।

श्या च्याङ गाउँमा भएको ठूलो परिवर्तनबारे चर्चा गर्दा स्थानीय वासिन्दाहरूले चिनियाँ कम्युनिष्ट पार्टीको च च्याङ प्रान्त समितिका तत्कालीन सचिव सी चिनफिङलाई  बिर्सन सक्दैनन्। सन् २००३ देखि २००७ सम्म सी चिनफिङले धेरै पटक श्या च्याङ गाउँको निरीक्षण गर्नुभएको थियो। उहाँले श्या च्याङ गाउँको गरिबी मुक्ति र धनी बनाउने कार्यको आदेश दिनुभयो।

सन् २००५ को बसन्त चाडअघि सी चिनफिङले च च्याङ प्रान्तीय हु चौ शहरको छाङ सिङ जिल्लाको कोइला खानीको निरीक्षण गर्नुभयो। उहाँले कोइला खानीमा काम गर्ने मजदूरहरूलाई सान्त्वना दिनुभयो। उहाँले सबै मजदूरहरूसँग एक टेबलुमा मध्यान्ह खाना खानुभयो।

सन्  २००७ जनवरीमा चिनियाँ कम्युनिष्ट पार्टीको च च्याङ प्रान्तीय समितिका तत्कालीन सचिव सी चिनफिङले च च्याङ प्रान्तीय छिङ युआन जिल्लाको फिङ तु बस्तीको निरीक्षण गर्नुभयो। बृद्धहरूका लागि हेरचाह केन्द्रमा पर्याप्त चामल, सागसब्जी र मासु देख्दा उहाँलाई निकै खुशी लागेको थियो। उहाँले बृद्धबृद्धाहरूका लागि मिठो तरकारी पकाउनुभयो। 

“जननतालाई मनको सर्वोच्च अग्लो स्थानमा राख्नुपर्छ”। राष्ट्राध्यक्ष सी चिनफिङले यसरी भन्नुभएको छ। साथै उहाँले उक्त प्रतिबद्धतालाई व्यवहारमा उतार्नुभएको छ।