खोटाङ केन्द्रबिन्दु भएको ६ म्याग्निच्युडको भूकम्प
2022-07-31 16:37:56CRI
Share with:

खोटाङको साकेला गाउँपालिका–५ मात्तिम बिर्ता केन्द्रबिन्दु बनाएर जुलाई ३१ तारिख आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा ६ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय, खोटाङले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ।   

खोटाङसँगै आसपासका जिल्ला साथै काठमाडौं उपत्यकासम्म भूकम्पको धक्का महसुस भएको थियो। भूकम्पले मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रमुख (डिएसपी) उमेश लम्सालले बताउनुभयो। “भूकम्पको धक्का राम्रै महसुस भए पनि मानवीय र कुनै पशुचौपायाको क्षति भएको छैन।

केन्द्रबिन्दु वरिपरि घरहरु सामान्य चर्किएन्, तर भत्किएको छैन। के कति घर चर्किए? भन्ने विषयमा हामी खोजी गरिरहेका छौँ।” डिएसपी लम्सालले भन्नुभयो। 

यसअघि खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेँडाईले स्थानीय तह र अन्य सुरक्षा निकायसँग समन्वय गर्दा क्षतिको विवरण आइनपुगेको, टेलिफोन र विजुली सुचारु अवस्थामा रहेको जानकारी दिनुभएको थियो।