चिनियाँ जन मुक्ति सेना स्थापना भएको ९० औँ वार्षिकोत्सव समारोहमा सी चिनफिङको सम्बोधन प्रकाशित हुने
2022-07-31 19:46:50CRI
Share with:

अगष्ट १ तारिख प्रकाशित “छ्यौ श” नामक पत्रिकाले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङको लेख “चिनियाँ जन मुक्ति सेना स्थापना भएको ९० औं वार्षिकोत्सव समारोहमा सम्बोधन” सार्वजनिक हुनेछ।

उक्त लेखका अनुसार, चिनियाँ सेनाको गौरवशाली इतिहास हुनुका साथै बलिदान र जीवनबाट निर्माण गरिएको हो। यो सधैं सम्झना लायक छ।

चीन सधैं विश्व शान्तिको निर्माता, विश्व विकासमा योगदानकर्ता र अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षक हो। चिनियाँ सेना सधैं विश्व शान्ति कायम राख्ने बलियो शक्ति हो। चिनियाँ सेनाले सधैं झैं अन्तर्राष्ट्रिय सैन्य आदानप्रदान र सहयोग गर्ने, विश्वव्यापी सुरक्षा चुनौतीको संयुक्त सामना गर्ने, चीनको अन्तर्राष्ट्रिय हैसियत अनुरूप जिम्मेवारी र दायित्वको सक्रिय कार्यान्वयन गर्ने र मानव भाग्य समुदाय निर्माणमा सक्रिय योगदान दिनेछ।