सी चिनफिङको "दोस्रो जन्मथलो"
2022-07-31 17:01:34CRI
Share with:

हपै प्रान्तीय शच्याच्वाङ शहरीय चङतिङ जिल्ला उत्तरी चीनको प्रसिद्ध एतिहासिक तथा साँस्कृतिक ठाउँहरूहमध्ये एक हो। धेरैलाई थाहा छैन, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले " चङतिङ मेरो दोस्रो जन्मथलो हो" र "म मेरो दोस्रो जन्मथलोलाई माया गर्छु" भन्ने कुरा बताउने गर्नुहुन्छ।

सी चिनफिङ रचङतिङको भाग्य गत शताब्दीको ८०औं दशकबाट सुरु भएको हो। नयाँ चीनको स्थापनापछि, चङतिङ जिल्ला उत्तरी चीनको पहिलो उच्च अन्न उत्पादन जिल्ला थियो। तर सन् १९८१ मा जिल्लाको प्रतिव्यक्ति आय लगभग १४० युआन मात्र थियो। त्यसबेला छिङह्वा विश्वविद्यालयबाट स्नातक गरेपछि सी चिनफिङ राज्य परिषद्को र केन्द्रीय सैन्य आयोगको कार्यालयमा काम गर्न थाल्नुभयो। उहाँ तत्कालीन उपप्रधानमन्त्री एवम् रक्षामन्त्री कङव्याउका सचिव हुनुहुन्थ्यो। सन् १९८१ मा सीले पैचिङ छोडेर तल्लो तहमा व्यायाम गर्न प्रस्ताव गर्नुभयो। हपै प्रान्त पुगेपछि उहाँले "सबैभन्दा गरिब र अति पिछडिएको पहाडी जिल्लामा काम गर्ने" प्रस्ताव गर्नुभयो।

सन् १९८२ मार्चदेखि १९८५ मेसम्म सी चिनफिङ क्रमशः चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत चङतिङ जिल्लाका उपसचिव र सचिव नियुक्त हुनुहुन्थ्यो। स्थानीय अवस्थाको जानकारी पाउनका लागि सी चिनफिङले सधैं साइकल चढेर विभिन्न ठाउँमा अनुसन्धान र निरीक्षण गर्नुहुन्थ्यो। बाटो नराम्रो वा बीचमा नदी पर्ने भएकाले उहाँले साइकल बोकेर हिंड्नुपर्थ्यो। उहाँले साइकल चलाएर तीन फाइदा भएको बताउनुभयो- शरीरको व्यायाम, सर्वसाधारणसँग घनिष्ट र पेट्रोल बचत।  सर्वसाधारणको सुझाव र विचार अझै राम्ररी पाउनका लागि उहाँको कार्यालयको ढोका सधैं खुल्ला हुन्थ्यो।

सीको कार्यावधिमा उहाँले स्थानीय किसानहरूका लागि दुग्ध र सागको बिक्री कठिनाइको सामना गरेको, स्थानीय नदी किनारा क्षेत्रको विकास गर्नुका साथै पर्यटकीय कार्यक्रम भित्र्याएर "अर्ध उपनगरीय" नयाँ आर्थिक मार्गको निश्चित गरेको, प्रतिभा भित्र्याउनुका साथै व्यापारको सुरूलाई प्रेरणा गरेको, स्मारकहरूको पुनर्निर्माण गर्नुका साथै संस्कृति र शिक्षाको विकास गरेको आदि कार्य गर्नुभयो।

सन् १९८२ देखि १९८४ सम्म चङतिङको उद्योग तथा कृषिको उत्पादन मात्रा र किसानको प्रतिव्यक्ति सरदर आय दुवै दोब्बर बनेको थिए।