अमेरिकी कांग्रेसले “चिप्स र विज्ञान ऐन” पारित गरेकोमा चीनको प्रतिक्रिया
2022-08-01 19:07:42cri
Share with:

अमेरिकी कांग्रेसले हालै “चिप्स र विज्ञान ऐन” पारित गरेकोमा चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिएका छन्।

 

ती प्रवक्ताका अनुसार अमेरिकी कांग्रेसद्वारा हाल “चिप्स र विज्ञान ऐन” पारित गरिएको कुरामा चीनको ध्याननाकर्षण भएको छ। त्यस ऐनको केही बुँदामा चीनमा सामान्य व्यापार र लगानीलाई सीमित गरिएको कुराले विश्वको सेमिकन्टाक्टरको आपूर्ति श्रृंखला र अन्तर्राष्ट्रिय व्यापारलाई क्षति पुर्‍याउने ती प्रवक्ताको भनाइ छ।

 

चीनले यस कुरालाई उच्च महत्व दिएको छ। अमेरिकी ऐनको कार्यान्वयन विश्व व्यापार संगठनको सम्बन्धित नियम तथा खुलापन, पारदर्शिता र भेदभावरहित अनूकुल हुनुपर्छ। चीनले सो ऐनको कार्यान्वयनलाई निरन्तर रुपमा ध्यान दिएर आफ्नो वैधानिक हक र हितको संरक्षण गर्न आवश्यक परेको समयमा प्रभावकारी कदम चाल्ने छ।